logo

फेसबुकको विश्वसनियता संसार भर घट्दै, रेटिङमा पहिलोबाट सातौैँ नम्बरमा पुग्यो

    1786   पटक पढिएको

२१ मंसिर/ अर्थ र व्यापार  - संसारका हजारौ युवा युवतीको रोजाई र चाहना बनेको फेसबुकलाई रोजगारीका लागि आर्कषक थलोको रुपमा लिइन्थ्यो । सामाजिक सञ्जाल फेसबुकमा जोडिने आफूलाई स्मार्ट ठान्ने समुदाय पनि थियो । तर पछिल्लो समय फेसबुक आर्कषक रोजगारीको गन्तव्यबाट बाहिरिएको छ ।

व्यक्तिगत गोपनियता चोरेको तथा त्यसलाई अन्य स्थानमा सार्वजनिक गरेको भन्दै फेसबुकको विश्वसनियता संसार भर नै घट्दै गएको छ । रोजगारीको लागि आर्कषक मध्येको पहिलो नम्बरमा रहेको फेसबुक पछिल्लो समय ओरालो लागेर ७ औं नम्बरमा पुगेको छ । यस्तै संसारभरकै प्रख्यात मानिएको अनलाइन सपिङ सेन्टर अमेजन भने १०० नम्बरबाट पनि पछाडि परेको छ ।
हालै सार्वजनिक एक रेटिङ विवरणअनुसार बेन एन्ड कम्पनी चोथो पटक पहिलो नम्बरमा पुगेको छ । यस्तै उप्पल ७१ औं स्थानमा रहेको छ भने माइक्रोसफ्ट कम्पनी ३४ औं नम्बरमा पुगेको छ । यस्तै मल्निेशनल कम्पनी एचपी पहिलो पटक सो सूचीमा समावेश भएको छ । लगातार व्यक्तिगत विवरण चुहाएपछि फेसुबक रोजगारीका लागि उपयुक्त स्थल नभएको पाइएको छ ।

ग्लासडोर नामक बेवसाइटले गरेको रेटिङमा संसारभरका १०० काम गर्न योग्य र आर्कषक कम्पनीहरु उल्लेख गरेको छ । बेस्ट प्लेस टु वर्कको सूचीमा फेसबुक ७ औं नम्बरमा पुगेको छ । गत वर्ष फेसबुक पहिलो नम्बरमा रहेको थियो । गत वर्ष फेसबुक रेटिङमा ५ मा ४.६ अंक पाएको थियो । यस वर्ष घटेर ४.५ मा झरेको छ ।सन् २०१५ पछि फेसबुकको रेटिङमा गिरावट आएको हो । ग्लासडोरका कम्युनिटी एक्पर्ट डोब्रोस्कीकाअनुसार फेसबुकमा काम गर्ने कामदार आफै सन्तुस्ट हुन सकेका छैनन् । यो अहिले घटेर ४.६ भन्दा अझै तल ४.३ मा समेत पुग्ने अवस्था आएको छ ।

उनले दावी गरे फेसबुकका कर्मचारी आफ्नो जागिरबाट बाहिरिने तयारीमा रहेका छन् । उनहिरु नयाँ रोजगारीको अवसर खोजी गरिरहेका छन् । फेसबुकका कर्मचारी कम्पनीको नेतृत्व बढी पारदर्शी र आन्तरिक रुपमा बढी प्रजातान्त्रिक होऊन् भन्ने चाहन्छन् । त्यो वातावरण उनीहरुले पाएका छैनन् । डोब्रोस्की भन्छन् फेसबुक अब काम गर्ने उपयुक्त थलो रहेन । उनका अनुसार सन् २०१९ को सूचीमा बोस्टनको व्यवस्थापन परामर्शदाता कम्पनी बेन एण्ड कम्पनी पहिलो नम्बरमा पुग्नेछ । उसले रेटिङमा पनि ५ मध्ये सो कम्पनीले ४.६ अंक पाएको छ । सो कम्पनी सन् २०१२, २०१४ र २०१७ मा पनि पहिलो स्थानमा नै रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।