logo

फेसबुकको विश्वसनियता संसार भर घट्दै, रेटिङमा पहिलोबाट सातौैँ नम्बरमा पुग्यो

    1515   पटक पढिएको

२१ मंसिर/ अर्थ र व्यापार  - संसारका हजारौ युवा युवतीको रोजाई र चाहना बनेको फेसबुकलाई रोजगारीका लागि आर्कषक थलोको रुपमा लिइन्थ्यो । सामाजिक सञ्जाल फेसबुकमा जोडिने आफूलाई स्मार्ट ठान्ने समुदाय पनि थियो । तर पछिल्लो समय फेसबुक आर्कषक रोजगारीको गन्तव्यबाट बाहिरिएको छ ।

व्यक्तिगत गोपनियता चोरेको तथा त्यसलाई अन्य स्थानमा सार्वजनिक गरेको भन्दै फेसबुकको विश्वसनियता संसार भर नै घट्दै गएको छ । रोजगारीको लागि आर्कषक मध्येको पहिलो नम्बरमा रहेको फेसबुक पछिल्लो समय ओरालो लागेर ७ औं नम्बरमा पुगेको छ । यस्तै संसारभरकै प्रख्यात मानिएको अनलाइन सपिङ सेन्टर अमेजन भने १०० नम्बरबाट पनि पछाडि परेको छ ।
हालै सार्वजनिक एक रेटिङ विवरणअनुसार बेन एन्ड कम्पनी चोथो पटक पहिलो नम्बरमा पुगेको छ । यस्तै उप्पल ७१ औं स्थानमा रहेको छ भने माइक्रोसफ्ट कम्पनी ३४ औं नम्बरमा पुगेको छ । यस्तै मल्निेशनल कम्पनी एचपी पहिलो पटक सो सूचीमा समावेश भएको छ । लगातार व्यक्तिगत विवरण चुहाएपछि फेसुबक रोजगारीका लागि उपयुक्त स्थल नभएको पाइएको छ ।

ग्लासडोर नामक बेवसाइटले गरेको रेटिङमा संसारभरका १०० काम गर्न योग्य र आर्कषक कम्पनीहरु उल्लेख गरेको छ । बेस्ट प्लेस टु वर्कको सूचीमा फेसबुक ७ औं नम्बरमा पुगेको छ । गत वर्ष फेसबुक पहिलो नम्बरमा रहेको थियो । गत वर्ष फेसबुक रेटिङमा ५ मा ४.६ अंक पाएको थियो । यस वर्ष घटेर ४.५ मा झरेको छ ।सन् २०१५ पछि फेसबुकको रेटिङमा गिरावट आएको हो । ग्लासडोरका कम्युनिटी एक्पर्ट डोब्रोस्कीकाअनुसार फेसबुकमा काम गर्ने कामदार आफै सन्तुस्ट हुन सकेका छैनन् । यो अहिले घटेर ४.६ भन्दा अझै तल ४.३ मा समेत पुग्ने अवस्था आएको छ ।

उनले दावी गरे फेसबुकका कर्मचारी आफ्नो जागिरबाट बाहिरिने तयारीमा रहेका छन् । उनहिरु नयाँ रोजगारीको अवसर खोजी गरिरहेका छन् । फेसबुकका कर्मचारी कम्पनीको नेतृत्व बढी पारदर्शी र आन्तरिक रुपमा बढी प्रजातान्त्रिक होऊन् भन्ने चाहन्छन् । त्यो वातावरण उनीहरुले पाएका छैनन् । डोब्रोस्की भन्छन् फेसबुक अब काम गर्ने उपयुक्त थलो रहेन । उनका अनुसार सन् २०१९ को सूचीमा बोस्टनको व्यवस्थापन परामर्शदाता कम्पनी बेन एण्ड कम्पनी पहिलो नम्बरमा पुग्नेछ । उसले रेटिङमा पनि ५ मध्ये सो कम्पनीले ४.६ अंक पाएको छ । सो कम्पनी सन् २०१२, २०१४ र २०१७ मा पनि पहिलो स्थानमा नै रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।