logo

फेसबुकको पावरमाथि पावन्दी लगाउन जर्मन सरकारको कडा आदेश

    1660   पटक पढिएको

२८ माघ/ अर्थ र व्यापार  - जर्मन सरकारले फेसबुकमाथि आफ्नो बजारको आधिपत्यलाई दुरुपयोग गरेको आरोप लगाउँदै आफ्नो विज्ञापन बजारलाई मजबुत बनाउनका लागि आफ्ना अन्य सोसल मिडिया प्लाटफर्महरु र थर्ड पार्टी वेबसाइटहरुका डाटाहरु को दुरुपयोग नगर्न आदेश दिएको छ । फेसबुकले आफ्ना दुई अर्ब भन्दा धेरै प्रयोगकर्ताका डाटाहरुको बलमा आफ्ना विशाल विज्ञापन व्यवसाय स्थापित गरेको छ । तर फेसबुकको यहीँ विशाल डाटाबेस उसका लागि सबैभन्दा ठूलो समस्या बन्नेवाला छ । गत बिहीबार यसको एउटा प्रष्ट संकेत देखा परेको छ । 

फेसबुकले आफ्नो विज्ञापन व्यवसायलाई बढाउनका लागि फेसबुक मात्र नभै इन्स्टाग्राम, ह्वाट्सएप जस्ता आफ्नै सोसल मिडिया एपहरु तथा अन्य थर्ड पार्टी वेबसाइटमा रहेका प्रयोगकर्ताका डाटाहरुको समेत उपयोग गर्ने ग्रेको छ । जर्मन सरकारको यस्तो आदेशपछि अब फेसबुकले फेसबुकको प्लाटफर्ममा विज्ञापनका लागि अन्य एप तथा वेबसाइटका डाटाहरुको प्रयोग गर्न पाउने छैन ।

यसले फेसबुकको विज्ञापन बजारमा असर पार्ने र फेसबुकमाथि दबाब सिर्जना हुने विज्ञहरुको भनाई छ । फेसबुक प्रयोग गर्नका लागि मानिसहरुले पैसा तिर्नु पर्दैन । तर वास्तवमा फेसबुक प्रयोगकर्ताले आफ्ना डाटाहरु फेसबुकलाई प्रदान गरेर त्यसको मूल्य चुकाएका हुन्छन् । फेसबुकले प्रयोगकर्ताका यस्तै डाटाहरुको विश्लेषण मार्फत विज्ञापनदाताका विज्ञापनहरु लक्षित प्रयोगकर्तासम्म पुराएर मोटो रकम कमाउने गरेको छ ।

अर्ब भन्दा धेरै प्रयोगकर्ता भएका इन्स्टाग्राम र ह्वाट्सएप समेत आफुमा विलय गराएपछि फेसबुक कम्पनी विश्वका अर्बौँ मानिसका डाटाको भण्डार बनेको छ । जर्मन सोसल मिडिया नियामकका अनुसार फेसबुकले अहिले जर्मनीको सोसल मिडिया बजारको ९५ प्रतिशत हिस्सा ओगटेको छ । यसको अर्थ ९५ प्रतिशत जर्मनहरुले या त फेसबुकसँग आफ्ना डाटा शेयर गर्नुपर्दछ, या त सोसल मिडिया नै नचलाइकन बस्नु पर्दछ । स्नापच्याट, युट्युब तथा ट्विटर जस्ता प्लेटफर्मले प्रयोगकर्तालाई फेसबुकको जस्तो सेवा उपलब्ध नगराउने भएको हुँदा ती प्लाटफर्मलाई सोसल मिडिया बजारमा समावेश गर्न नसकिएको उक्त निकायको भनाई छ । सोही कारण फेसबुकसँग बजारमा प्रतिस्पर्धाका लागि अरुलाई समस्या भएको छ ।
नियामक निकायले फेसबुक कम्पनीलाई आफ्ना प्रयोगकर्ताको डाटा संकलन गर्न तथा अन्य प्लेटफर्मका डाटाहरुलाई एकत्रित गर्नका लागि प्रयोगकर्ताको सहमति अनविार्य रुपमा लिन समेत आदेश दिएको छ । फेसबुकले भने जर्मन सरकारको यस्तो आदेश प्रति असहमति जनाउँदै त्यस विरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।

आफ्नो ब्लग पोष्टमा फेसबुकले भनेको छ, ‘नियामक निकायले जर्मनीमा हामीले बेहोरिरहेको तिव्र प्रतिस्पर्धालाई नजरअन्दाज गरेको छ भने हामीले युरोपेली गोपनियता कानून पालना गरिरहेको कुरालाई गलत रुपमा व्याख्या गरेको छ । साथै यसले युरोपेली युनियनभर डाटा सुरक्षण मापदण्डको एकरुपता कायम गर्ने युरोपेली कानूनको संयन्त्रलाई पनि अवमूल्यन गरेको छ ।’ साथै फेसबुकले आफु विरुद्ध जर्मन निकायले अस्वभाविक मादपण्ड लाद्ने कोसिस गरेको आरोप लगाएको छ । उता युरोपेली आयोगले जर्मन सरकारले पछिल्लो निर्णयलाई नोट गरेको प्रतिक्रिया दिएको छ । जर्मनीको निर्णयपछि अब युरोपेली आयोगले पनि त्यस्तै खालको अनुसन्धान अगाडि बढाउने सम्भावना रहेको बताइएको छ ।

युरोपेली आयोगसँग गोपनियताको आधारमा फेसबुकमाथि कारवाही गर्ने अधिकार नभएतापनि प्रतिस्पर्धा कानूनको आधारमा छानविन र कारवाही गर्ने पनि प्रसस्त अधिकार रहेको छ । प्रतिस्पर्धा कानूनको उल्लंघन गरेमा कम्पनीमाथि विश्वव्यापी आम्दानीको १० प्रतिशत जरिवाना तथा कम्पनीकै कारोबार रोक्ने सम्मको निर्णय युरोपेली आयोगले गर्न सक्दछ । स्मरण रहोस् गत वर्ष यस्तै मामिलामा गुगललाई युरोपमा ४ अर्ब ३० करोड जरिवाना लागेको थियो । पछिल्लो समयमा विश्वमा फेसबुकको पावरमाथि पावन्दी लगाउनुपर्ने आवाज चर्को बनिरहेका बेला युरोपेली मुलुक जर्मनीले चालेको कदम एउटा सुरुवातको रुपमा रहेको कतिपयको विश्लेषण छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।