logo

सोसल मिडिया कम्पनी फेसबुकद्वारा अब पत्रकारिताको क्षेत्रमा लगानी गरिने

    1615   पटक पढिएको

३ माघ /अर्थ र व्यापार - सोसल मिडिया कम्पनी फेसबुक अब पत्रकारिताको क्षेत्रमा लगानी गर्न गईरहेको छ । कम्पनीले आगामी ३ बर्षमा पत्रकारिताको क्षेत्रमा ३०० मिलियन डलर लगानी गर्ने घोषणा गरेको छ ।  फेसबुकले आफ्नो कयौं प्रोजेक्ट्सका माध्यमबाट स्थानीय खबरलाई बढावा दिने बताइएको छ ।

खबरका अनुसार डिजिटल युगमा मानिसहरूले सहज रूपमा स्थानीय खबरको जानकारी पाइरहेका हुँदैनन । राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चाका विषयले मात्र समाचारमा बढी स्थान पाउने हुदाँ स्थानीय खबरलाई समेत बढावा दिनका लागि फेसबुकले उक्त कदम उठाउन लागेको हो ।

कम्पनीका ग्लोबल न्यूज पार्टनरशीपका उपाध्यक्ष कम्बेल ब्राउनका अनुसार, फेसबुकले यो लगानी समाचार कार्यक्र्रम, पार्टनरशीप र विषयबस्तुमाथि गर्नेछ । फेसबुकको यो कदमबाट ती अखबारहरूलाई फाइदा पुग्नेछ, जसको प्रचार संख्यामा लगातार कमी देखिइरहेको छ । फेसबुकले राष्ट्रिय खबरलाई आफ्नो प्लेटफर्ममा स्थान दिनुको सट्टा स्थानीय खबरलाई बढावा दिने बताएको छ ।

मानिसहरू आफ्नो स्थानीय खबर र मुद्दामा बढी चासो राख्ने र स्थानीय विषयबस्तु नै पढ्न रूचाउने भएकाले फेसबुकले यो कदम उठाउन लागेको हो । कम्पनीले टुडे इनको नामबाट एउटा नयाँ फीचर लन्च गरेको छ, जसमा प्रयोगकर्ताहरूलाई हराएका व्यक्ति, सडक बन्द, अपराध समाचार, स्कूल तथा कलेजसँग सम्बन्धित खबरहरू दिइरहेको छ । हाल यो फीचर केबल अमेरिका र अस्ट्रेलियामा सुरू गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।