logo

डिशहोमद्वारा गाउँगाउँमा इन्टरनेश सेवा प्रदान गर्न सवा २ अर्ब रुपैयाँ भन्दा बढी लगानी थप

    2292   पटक पढिएको

२८ माघ /अर्थ र व्यापार - डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिश होम प्रालि आक्रमक बजार बिस्तारमा लागेको छ । स्याटालाइटमार्फत् गाउँगाउँमा इन्टरनेश सेवा प्रदान गर्ने गृहकार्य थालेको डिशहोमले सवा २ अर्ब रुपैयाँ भन्दा बढी लगानी थप गर्न लागेको हो । गाउँगाउँमा टेलिभिजन सेवा पुर्याएर सफलता कमाएको डिश होमले दुर्गम ठाउँमा पनि स्याटालाइटमार्फत् इन्टरनेट सेवा पुर्याउन लागेको हो । कम्पनीले केयर नेपालबाट २ अर्ब २२ करोड रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ ।

डिश मिडियाले ४४ करोड ८४ लाख रुपैयाँ दीर्घकालिन रुपमा ऋण लिन खोजेको छ भने १ अर्ब ७८ करोड रुपैयाँ अल्पकालिन अवधीको लागि ऋण लिन खोजेको छ ।  केयर नेपालले दीर्घकालिन रुपमा लिन खोजेको ऋणलाई ट्रिपल बी र अल्पकालिनको लागि ट्रिपल ए रेटिङ दिएको छ ।
सिंहदरबारको अधिकार स्थानीय तहमार्फत् गाउँगाउँसम्म पुगेसँगै सिंहदरबारको सुविधा पनि गाउँगाउँसम्म पुर्याउन आफूहरु लागि परेको डिशहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले बताए । स्याटालाइटमार्फत् इन्टरनेट सेवा पुर्याउने विषयमा केही अध्ययन गर्दा लागत अलि महंगो देखिएको आचार्यले बताए । त्यसैले अहिले आफूहरु सस्तो लागतमै कसरी सेवा दिन सकिन्छ भनेर अध्ययन गरिरहेको उनले सुनाए ।

प्रवन्ध निर्देशक आचार्यका अनुसार स्याटालाइटबाट उपलब्ध गराउने सेवा खोला जस्तो एकनासले बग्ने भएकाले त्यो खपत भएन भने कम्पनीलाई नोक्सान हुन्छ । जसकारण पनि सेवा महंगो पर्न गएको हो । तर, गाउँगाउँमा ५०र६० घर बनाएर एक प्वाइन्टमार्फत् त्यहाँ सेवा दिने मोडालिटिमा काम अघि बढाइएको छ ।
यसै मोटालिटीमा सेवा दिनका लागि विदेशी कम्पनीसँग सहकार्य गर्ने तयारी भइरहेको उनले जानकारी दिए । प्रबन्ध निर्देशक आचार्यका अनुसार निकट भविष्यमै कुनै दुर्गम गाउँमा पाइलट प्रोजेक्टको रुपमा परिक्षण गरिने छ । परिक्षण सफल भएपछि सेवा विस्तार गर्नतर्फ लागिने  उनले बताए ।
आचार्यका अहिले पनि डिश होमले स्याटालाइटमार्फत् इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ । तर, त्यसको लागत अहिले अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले लिने शुल्कभन्दा दोब्बर बढी महंगो देखिएकाले  कसरी सस्तो मूल्यमा सेवा दिन सकिन्छ भनेर लागि परेको उनले सुनाए ।

सबै स्थानीय तहमा बैंक पुर्याउने सरकारी नीति अनुसार करिब ६ सय स्थानीय तहमा बैंक पुगिसकेका छन् । त्यसैगरी, सरकारले प्रत्येक स्थानीय तहमा श्रम एजेन्ट स्थापना गर्ने उद्देश्य राखेको छ । र, स्थानीय सरकारलाई पनि इन्टरनेट आवश्यक पर्छ । यीनै कुरालाई मध्यनजर गर्दै र गाउँगाउँका जनतालाई इन्टरनेटको पहुँचभित्र ल्याउनका लागि डिश होमले स्याटालाइटमार्फत् इन्टरनेट सेवा उपलब्ध गराउन लागेको हो ।

शहरी इलाकामा भने सिम टीभीका माध्यमबाट तारमार्फत् इन्टेरनेट सेवा दिने काम शुरु गरिसकिएको आचार्यले जानकारी दिए । डिश होम सञ्चालन गरेको ९ वर्ष भयो । डिशहोमले नेपाली टेलिभिजनको दुनियाँमा नयाँ क्रान्ति नै गरेको छ । टेलिभिजन सेवामा राम्रो सफलता पाएपछि डिशहोम इन्टरनेट सेवा दिन तातिएको हो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।