logo

दाङको फोनसेवा १२ घण्टादेखि ठप्प

    1409   पटक पढिएको

 

६ मंसिर  / अर्थ र व्यापार - दाङको फोनसेवा १२ घण्टादेखि ठप्प रहेको छ । गएरातिदेखि दाङको टेलिफोन सेवा ठप्प रहेको हो । नमस्तेको मोबाईल र ल्याण्डलाईन फोन समेत बिग्रिएपछि दाङ जिल्ला सञ्चारविहीन बन्न पुगेको छ । त्यसैले जिल्लाको इमेल इन्टरनेट सेवा समेत प्रभावित बनेको छ । घोराही नजिकैको कटुवा खोलामा जमिनमुनी विच्छाइएको अप्टिकल फाईबर चुडिएको हुँदा गएराति सवा ११ बजेदेखि दाङको ल्याण्डलाईन फोन र नेपाल टेलिकमद्वारा सञ्चालिन सबै प्रकारको सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय राप्ती तुलसीपुरका प्रमुख बलराम जोशीले जानकारी दिए । तर, जिल्लामा एनसीएलको फोन भने सूचारु रहेको छ ।

तुलसीपुरको कार्यालयदेखि २७ किलोमिटर पूर्व कटुवाखोलामा अप्टिकल फाईबर चुडिएपछि फोन सेवा अवरुद्ध भएको र मर्मतका लागि प्राविधिकहरू बिहान ४ बजे नै खटाईसकेको कार्यालय प्रमुख जोशीले बताए । अप्टिकल फाईबर कसरी चुडिन पुग्यो? भन्ने बारेमा भने एकीनका साथ भन्न नसकिने उनले बताए । कटुवा खोलामा पुल निर्माण हुँदै आएकोले खन्ने क्रममा स्काभेटरले चुडाएको हुन सक्ने वा बुधबार जिल्ला बन्द आह्वान गरेको बिप्लव समूहले उक्त कार्य गरेको हुन सक्ने आशंका गरिएको छ । मर्मत कार्य जारी रहेकोले अबको केही घन्टामै सेवा पुनस्सञ्चालन हुने उनले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।