logo

कक्षा ११ को आंशिक तर्फको नतिजा सार्वजनिक, नियमितको चुनावपछि

    1367   पटक पढिएको

 

  १८ मंसिर / अर्थ र व्यापार - राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तर्फको नतिजा सोमबार सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजाअनुसार आंशिकतर्फ ३५.५८ अर्थात ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा १ लाख १ हजार ३ सय ७५ जना सहभागी थिए । स्थानीय तहको निर्वाचनका कारण परीक्षाको मिति पटक पटक सर्दै असारको १ बाट परीक्षा सञ्चालन भएको थियो । परीक्षा भएको ६ महिनापछि राष्ट्रिय परीक्षा बोर्डले सोमबार आंशिकतर्फको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा सहभागीमध्ये २१ जना विद्यार्थीको परीक्षा रद्द भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार नतिजामा चित्त नबुझ्ने विद्यार्थीले ५ सय शुल्क तिरी १५ दिनभित्र आवेदन गर्न सक्नेछन् । गत वर्ष कक्षा ११ को आंशिकतर्फ ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गत वर्ष १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ४२ हजार ७ सय ९९ उत्तीर्ण भएका थिए । नियमित तर्फको नतिजा चुनावपछि प्रकाशन हुने बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।