logo

सिटिजन्स बैंकले मुसहर बस्तीमा ४ सय २६ थान कम्बल बाँड्यो

    1512   पटक पढिएको


५ माघ / अर्थ र व्यापार - काठमाडौं– सिटिजन्स बैंक इन्टरनेश्नलले चिसोका कारण प्रभावित महोत्तरीका बासिन्दाका लागि कम्बल वितरण गरेको छ । उक्त बैंकले महोत्तरीका गौशला र औरही नगरपालिकामा बसोबास गर्ने मुसहर जातिका विपन्न समुदायका लागि कब्ल वितरण गरेको हो ।

बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कपडाको अभावले जाडोमा दुःख् भोगिरहेका मुसहर बस्तीमा कम्बल वितरण गरिएको  बैंकका प्रमुख प्रशाशकीय अधिकृत उमंग शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । बैंकले गौशाला नगरपालिकाका लागि २ सय २४ थान र औरही नगरपालिकाका लागि २ सय २ थान गरी ४ सय २६ थान कम्बल  वितरण गरिएको जनाइएको छ । बैंकका सञ्चालक समिति सदस्य डा.चन्दा कार्कीले ती कम्बल  हस्तान्तरण गरेकी थिइन् ।

कम्बल हस्तान्तरण कार्यक्रममा भने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ, गौशला नगरपालिका वडा नं. ५ का प्रमुख धबेन्द्र साह, वडा नम्बर ४ का अध्यक्ष रामबाबु साह र औरही नगरपालिका वडा नं. १ का अध्यक्ष राजकिशोर चौधरी र वडा नम्बर २ का अध्यक्ष विनोद परियारको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।