logo

अन्तःशुल्क लागेका वस्तु उत्पादन गर्ने उद्योगले वैशाखदेखि अनिवार्य रूपमा आइपी(सीसीटीभी) क्यामेरा जडान गर्नुपर्ने

    1903   पटक पढिएको

२६ पुस /अर्थ र व्यापार - सरकारले राजस्व चुहावट रोक्न सूचना प्रविधिको प्रयोगलाई बढाउँदै लगेको छ । मंसिरबाट आन्तरिक राजस्व विभागले सेन्ट्रल विलिङ मोनिटरिङ सिस्टम(सिबिएमएस)मा ट्रयाक गर्ने व्यवस्थासँगै अन्तःशुल्क लागेका वस्तु उत्पादन गर्ने उद्योगले वैशाखदेखि अनिवार्य रूपमा आइपी(सीसीटीभी) क्यामेरा जडान गर्नुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले अन्तःशुल्क निर्देशिका २०६८ लाई परिमार्जन गर्दै आइपी क्यामेराको प्रयोग अनिवार्य गरेको हो  । विशेषतः मदिरा उद्योगमा हुने नक्कली स्टिकरको चलखेल रोक्न विभागले आइपी क्यामेराको प्रयोग अनिवार्य गरेको आन्तरिक राजस्व विभागका एक कर्मचारीले बताए । आईपी अर्थात् इन्टरनेट प्रोटोकल क्यामेराले रेकर्ड गरेका डाटा र तस्बिरलाई सञ्चय गर्ने र पठाउने समेत गर्छ । परिमार्जित निर्देशिका अनुसार उद्योग र प्रतिष्ठानको उत्पादन स्थल, कच्चा पदार्थ राख्ने गोदाम, तयारी पदार्थ राख्ने गोदाम र निष्कासन गर्ने ठाउँ गरी चार ठाउँमा अनिवार्य रूपमा आइपी क्यामेरा जडान गर्नुपर्नेछ ।

यस्तो क्यामेराबाट रेकर्ड गरिएको श्रव्यदृश्यलाई कम्तीमा १५ दिन सुरक्षित राख्नुपर्ने नियम पनि निर्देशिकामा छ । यस्तो श्रव्यदृश्यलाई आन्तरिक राजस्व विभाग वा कार्यालयले कुनै पनि बेला हेर्न सक्ने नियम बनाइएको छ । निर्देशिकामा अन्तःशुल्क लाग्ने उद्योगमा यो नियम ०७६ वैशाखदेखि लाग्ने र नयाँ उद्योगका हकमा सम्पूर्ण नयाँ उद्योगले यस्तो आइपी क्यामेरा जडान गर्नुपर्ने उल्लेख गरिएको छ ।

आइपी क्यामेरासम्बन्धी तालिम सम्बन्धित उद्योगका कर्मचारीलाई विभागले दिन सुरु गरेको छ । विभागको अन्तःशुल्क शाखाका उपसचिव केदार शर्माले हालसम्म बुटवल, भैरहवा, भरतपुर, विराटनगर, सुनसरी र झापा गरी ६ ठाउँमा आइपी क्यामेरासमबन्धी तालिम सकिएको बताए । आगामी फागुन मसान्तसम्ममा देशभरिका सबै कार्यालय र सेवा कार्यालय अन्तर्गतका उद्योगका कर्मचारीलाई तालिम दिइसक्ने उपसचिव शर्माले जानकारी दिए ।

त्यसैगरी अन्तःशुल्कमा भौतिक नियन्त्रण रहेका प्रतिष्ठान अर्थात् आन्तरिक राजस्व कार्यालयका कर्मचारी रहने उद्योग भित्रका वस्तुको उत्पादन, निकासी र स्टिकर व्यवस्थापन पनि ०७६ देखि अनलाइन प्रणालीबाट हुने भएको छ । विभागले मदिरा उद्योगमा उत्पादन स्थलमै कर्मचारी खटाउने गरेको छ । नयाँ व्यवस्थाअनुसार यस्ता उद्योगले परम्परागत रूपमा गर्दै आएको म्यानुअल प्रक्रिया अब अनलाइनमा रूपान्तरित भएको हो । उद्योगले उत्पादन, निकासी र स्टीकर व्यवस्थापन अनलाइन प्रणालीबाट गर्नुपर्नेछ । यो व्यवस्थाअनुसार कच्चा पदार्थको खरिददेखि उत्पादन प्रक्रियाका सम्पूर्ण अङ्ग, स्टीकर व्यवस्थापन, भण्डारण, विक्री प्रक्रिया र चलानसमेत आन्तरिक राजस्व कार्यालयले उपलब्ध गराएको सफ्टवेयर प्रणालीमा इन्ट्री गर्नुपर्नेछ ।

यसका लागि देशभरिका उद्योग प्रतिष्ठानमा खटिएका आन्तरिक राजस्वका कर्मचारी र उद्योग प्रतिष्ठानका कर्मचारीलाई तालिम दिने काम भइरहेको पनि विभागले जनाएको छ । उद्योगमा उत्पादन र विक्रीको प्रक्रियालाई अनलाइनमा लगेपछि राजस्व सम्पादन सहज हुने र चलखेलको सम्भावना न्यून रहने उपसचिव दिलीप गौतमले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।