logo

माघ ११ देखि राजधानीको भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक’ मेला सुरु

    1722   पटक पढिएको

 

     २८ मंसिर / अर्थ र व्यापार - आगामी माघ ११ देखि १६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला सुरु हुने भएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल क्यानले बिहिबार पत्रकार सम्मेलन गरी क्यानइन्फोटेक मेला आगामी माघ ११ गतेबाट सुरु हुने जानकारी गराएको हो ।

सम्मेलनमा बोल्दै एशोसिएसनका महासचिव विश्वराम बलामीले मेलामा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रका सूचना तथा संचार प्रविधिहरुको जानकारी लिन पाउने व्यवस्था गरिने बताए । मेलामा अवलोकनकर्ताहरुले नयाँ नयाँ सूचना प्रविधि र उपकरण अवलोकन तथा खरिद गर्न सक्नेछन् । विश्वमा सूचना तथा प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले क्यानले हरेक वर्ष इन्फोटेक मेला आयोजना गर्दै आएको छ ।

यस २४ औं संस्करणको “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” मा ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु हुनेछन् । त्यस्तै ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहने क्यानका अध्यक्ष विनोद ढकालले जानकारी दिए । हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस, सफ्टवेयर सोलुसनस, पेमेन्ट सोलुसन्स्जस्ता सेवाप्रदायकका स्टल हुनेछन् । हालसम्म ६० प्रतिशत स्टल बुक भइसकेको क्यानले जानकारी दिएको छ ।

मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क १०० र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ । २०७४ माघ १४ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पुर्ण अवलोकनकर्ताहरुको लागि १०० रुपैयाँ तोकिएको छ । अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधगरेमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष ढकालले जानकारी दिए । अनलाईन टिकट खरीद गर्नेले २० प्रतिशत छुट पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।