logo

माघ ११ देखि राजधानीको भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक’ मेला सुरु

    2081   पटक पढिएको

 

     २८ मंसिर / अर्थ र व्यापार - आगामी माघ ११ देखि १६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला सुरु हुने भएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल क्यानले बिहिबार पत्रकार सम्मेलन गरी क्यानइन्फोटेक मेला आगामी माघ ११ गतेबाट सुरु हुने जानकारी गराएको हो ।

सम्मेलनमा बोल्दै एशोसिएसनका महासचिव विश्वराम बलामीले मेलामा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रका सूचना तथा संचार प्रविधिहरुको जानकारी लिन पाउने व्यवस्था गरिने बताए । मेलामा अवलोकनकर्ताहरुले नयाँ नयाँ सूचना प्रविधि र उपकरण अवलोकन तथा खरिद गर्न सक्नेछन् । विश्वमा सूचना तथा प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले क्यानले हरेक वर्ष इन्फोटेक मेला आयोजना गर्दै आएको छ ।

यस २४ औं संस्करणको “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” मा ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु हुनेछन् । त्यस्तै ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहने क्यानका अध्यक्ष विनोद ढकालले जानकारी दिए । हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस, सफ्टवेयर सोलुसनस, पेमेन्ट सोलुसन्स्जस्ता सेवाप्रदायकका स्टल हुनेछन् । हालसम्म ६० प्रतिशत स्टल बुक भइसकेको क्यानले जानकारी दिएको छ ।

मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क १०० र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ । २०७४ माघ १४ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पुर्ण अवलोकनकर्ताहरुको लागि १०० रुपैयाँ तोकिएको छ । अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधगरेमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष ढकालले जानकारी दिए । अनलाईन टिकट खरीद गर्नेले २० प्रतिशत छुट पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।