logo

१५ बर्षमा पहिलोपटक एप्पलको अनुमानित आयमा कमी, ७ प्रतिशतभन्दा बढीको गिरावट

    1464   पटक पढिएको

१९ पुस/ अर्थ र व्यापार - आइफोन कम्पनी एप्पलले २९ डिसेम्बरमा अन्तिम त्रैमासको लागि अनुमानित आय घटाएर ८४ अर्ब डलरमा झारेको छ । योभन्दा पहिले ८९ देखि ९३ अर्ब डलर आयको अनुमान लगाएको थियो । एप्पलका सीईओ टीम कुकले चीनको अर्थव्यवस्थामा कमजोरी र नयाँ आइफोनको विक्री आशा गरे अनुसार नभएका कारण आय अनुमान घटाइएको बताएका छन् । विगत १५ बर्षमा पहिलोपटक एप्पलको अनुमानित आयमा कमी गरिएको हो ।

टीम कुकको आय अनुमानको घोषणापछि एप्पलको शेयरमा बुधबार ७ प्रतिशतभन्दा बढीको गिरावट आएको थियो । एप्पलको वितरक कम्पनीको शेयरले पनि यस्तै नोक्सान बेहोर्नु परेको छ । एप्पलको मेमोरी प्रोड्यूसर बनाउने कम्पनी एसके हाईनिक्सको शेयरमा ४.३ प्रतिशतको गिरावट देखियो । एप्पलको चिप र डिस्प्ले भएको सामसङको शेयरमा २ प्रतिशतले गिरावट आयो ।

एप्पलले गत बर्षको नोभेम्बरमा सेप्टेम्बर त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्दै नयाँ प्रोडक्ट बनाउने गति मागभन्दा कम हुनसक्ने बताएको थियो । साथै आगामी समयमा आइफोन, आइप्याड वा कम्प्युटरको विक्रीको आँकडा पेश नगरिने पनि घोाषणा गरिएको थियो । सेप्टेम्बर त्रैमासमा आइफोनको विक्री केबल ०.४ प्रतिशतले बढेको थियो ।

आइफोन एप्पलको प्रमुख उत्पादन हो । कम्पनीको राजस्वमा आइफोन विक्र्रीको दुई तिहाई हिस्सेदारी रहेको छ । एप्पलले सन् २००७ मा आइफोन लन्च गरेको थियो । एप्पल विश्वको सबैभन्दा ठूलो कम्पनी हो । अगस्ट २०१८ मा यसको बजार पूँजीकरण एक ट्रिलियन डलर पुगेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।