logo

बहुप्रतिक्षित आइफोन १२ का चार मोडल सार्वजनिक

    1885   पटक पढिएको


२८ असोज/अर्थ र व्यापार– एप्पल कम्पनीले बहुप्रतिक्षित आइफोन १२ सिरिज अन्तर्गत मङ्गलवार राती चार नयाँ मोडल सार्वजनिक गरेको छ । 

कम्पनीले एप्पल १२ अन्तर्गत आइफोन १२, आइफोन १२ मिनी, आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स गरेर चार नयाँ मोडल सार्वजनिक गरेको थियो ।

एप्पल इन्कका प्रमुख कार्यकारी अधिकृत टीम कुकले एप्पलले सार्वजनिक गरेको एप्पल १२ फाइभजी प्रविधिमा आधारित रहेको र यो कम्पनीका लागि नयाँ युगको सुरुवात भएको बताएका छन् ।

एप्पलले सार्वजनिक गरेको चार वटै मोडलमा स्टोरेज क्षमताका आधारमा थप तीन–तीन मोडलका मोवाइल सार्वजनिक गरेको छ ।

आइफोन १२ र आइफोन १२ मिनी ६४, १२८ र २५६ जिबि स्टोरेज क्षमतामा उपलब्ध हुनेछन् भने आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स १२८, २५६ र ५१२ जिबि स्टोरेज क्षमतामा उपलब्ध हुनेछन् ।

एप्पलले आइफोन १२ सिरिजमा सबैभन्दा सस्तो आइफोन १२ मिनीको मूल्य ६९९ (८२ हजार नेपाली रुपैयाँ) मूल्य तय गरेको छ ।

आइफोन १२ को मूल्य ७९९ डलरबाट, आइफोन १२ प्रोको मूल्य ९९९ डलरबाट र आइफोन १२ प्रो म्याक्सको मूल्य १०९९ डलरबाट सुरु हुनेछ । सबैभन्दा महँगो ५१२ जिबिको आइफोन १२ प्रो म्याक्सकोे मुल्य १३ सय ९९ डलर पर्नेछ ।

बिबिसिका अनुसार भारतमा आइफोन १२ मिनी ६४ जिबिको मूल्य ६९ हजार ९०० भारतीय रुपैयाँबाट सुरु हुनेछ भने सबैभन्दा महँगो ५१२ जिबि क्षमताको आइफोन १२ प्रो म्याक्सलाई एक लाख ५९ हजार ९०० भारतीय रुपैयाँ पर्ने जानकारी दिएको छ ।

कम्पनीले आइफोन मिनीमा आइफोन १२ मा भएका सबै प्रविधि उपलब्ध हुने तर यसको स्क्रिन साइज भने ५.४ इन्च मात्रै हुने जानकारी दिएको छ । आइफोन १२ को स्क्रिन ६.१ इन्चमा उपलब्ध हुने तर यो आइफोन ११ भन्दा पातलो र १६ प्रतिशत हलुका हुने कम्पनीले जानकारी दिएको छ । 

यस्तै, आइफोन प्रोको स्क्रिन ६.१ इन्च हुनेछ । आइफोन १२ प्रो म्याक्सको स्क्रिन पहिलेका आइफोनको तुलनामा केही ठूलो ६.७ इन्च हुनेछ । 

आइफोन १२ मिनीको प्रिअर्डर ६ नोभेम्वरबाट सुरु हुनेछ भने १३ नोभेम्वरबाट कम्पनीले डेलिभरी दिन सुरु गर्नेछ । त्यसैगरी आइफोन १२ र आइफोन १२ प्रोको प्रिअर्डर १६ अक्टुवरबाट सुरु हुनेछ भने त्यसको डेलिभरी २३ अक्टुवरबाट हुने छ । त्यसैगरी आइफोन १२ म्याक्सको प्रिअर्डर १३ नोभेम्वरबाट सुरु भएर २० नोभेम्वरबाट विक्रि सुरु हुने जानकारी दिइएको छ ।

नयाँ फोनको स्क्रिन रिजोलुसन धेरै भएको र यसमा सेरामिक सिल्ड प्रयोग गरिएको छ । आइफोन १२ मा पहिलोपटक ए–१४ बायोनिक चिप लगाइएको र पाँच वटा न्यानोमिटर प्रोसेसरमा बनाइएको जानकारी दिइएको छ ।

नयाँ फोनमा कम्पनीले १२ मेगापिक्सेलका दुई वटा वाइड एंगल क्यामेरा प्रयोग गरिएको छ । कम्पनीले यसैका कारण कम उज्यालोमा पनि राम्रो तस्विर खिच्न सकिने र फ्लयास नै प्रयोग नगरी नाइटमोड सेल्फी लिन सकिने समेत जानकारी दिएको छ । 

एप्पलले नयाँ फोनको फाइभजी प्रविधिबाट २० गिगावाइटको कुनै फिल्म ४५ सेकेन्डमा डाउनलोड गर्न सकिने जानकारी दिएको छ । कम्पनीले यसका लागि साढे तीन गिगावाइट प्रतिसेकेन्डको स्पिडमा आफ्नो प्रविधिको परीक्षण गरेको जानकारी दिएको छ ।

एप्पलका सिईओ कुकले आइफोनका नयाँ मोडेलहरुमा ओलेड स्क्रिन लगाइएको हुँदा फोनमा उच्च गुणस्तरमा भिडियोको स्ट्रिमिङ हुने, भिडियो गेम खेल्दा अझ बढि रोमाञ्चाकता आउने बताए ।

एप्पल कम्पनीले भारत, नेपाल लगायतका दक्षिण एशियाली बजारमा आफ्नो नयाँ फ्ल्यागसिप ब्राण्ड कहिलेबाट उपलब्ध गराउछ भन्ने विषयमा कुनै जानकारी दिएको छैन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।