logo

एन्ड्रोइडको निर्माताले आफ्नै स्मार्टफोन लञ्च गरे

    2174   पटक पढिएको

१८ जेठ / अर्थ र व्यापार-गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमका निर्माता मध्येका एक एन्डी रुबिनले आफ्नै स्मार्टफोन लञ्च गरेका छन् । कुनै समय इन्टरनेट जाएन्ट गुगलको एन्ड्रोइड सफ्टवेयरका हर्ताकर्ता रहेका एन्डी रुबिनले उच्च मूल्यको गुणस्तरीय स्मार्टफोन बजारमा ल्याएका हुन् ।

सन् २०१४ मा गुगलको जागिर छाडेर रुबिनले एक प्रविधि लगानी कम्पनी खोलेका थिए । उक्त लगानी कम्पनीले इसेन्सल नामक एक कम्पनीमा लगानी गरेको थियो र सोही इसेन्सल कम्पनीले आफ्नो पहिलो स्मार्टफोनको रुपमा इसेन्सल फोन लञ्च गरेको हो ।

यो डिभाइस एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित छ जसको मूल्य अमेरिकामा ६ सय ९९ डलर तोकिएको छ । यो स्मार्टफोन बजारमा हाल स्थापित ब्राण्डका स्मार्टफोनहरु अगाडि खरो उत्रिन सक्नेमा शन्देह प्रकट भएको छ । यो फोन महंगो भएको र यसले बजारमा रहेका सुपथ मूल्यका राम्रा फोनसँग टक्कर लिने नसक्ने जस्तो पनि देखिन्छ । 

यो स्मार्टफोनमा २ वटा मूख्य क्यामरा रहेका छन् भने एउटा सेल्फी क्यामरा रहेको छ, जसले सेल्फी मोडमा कुनैपनि प्रकारको प्रकाशको अवस्थालाई ह्याण्डल गर्न सक्दछ ।यो स्मार्टफोनमा टाइटानियम प्रयोग गरिएको छ , जसका कारण यो फोनमा बाहिरी खोल राख्नुपर्ने छैन, सुरक्षित रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।