logo

एन्ड्रोइडको निर्माताले आफ्नै स्मार्टफोन लञ्च गरे

    1817   पटक पढिएको

१८ जेठ / अर्थ र व्यापार-गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमका निर्माता मध्येका एक एन्डी रुबिनले आफ्नै स्मार्टफोन लञ्च गरेका छन् । कुनै समय इन्टरनेट जाएन्ट गुगलको एन्ड्रोइड सफ्टवेयरका हर्ताकर्ता रहेका एन्डी रुबिनले उच्च मूल्यको गुणस्तरीय स्मार्टफोन बजारमा ल्याएका हुन् ।

सन् २०१४ मा गुगलको जागिर छाडेर रुबिनले एक प्रविधि लगानी कम्पनी खोलेका थिए । उक्त लगानी कम्पनीले इसेन्सल नामक एक कम्पनीमा लगानी गरेको थियो र सोही इसेन्सल कम्पनीले आफ्नो पहिलो स्मार्टफोनको रुपमा इसेन्सल फोन लञ्च गरेको हो ।

यो डिभाइस एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित छ जसको मूल्य अमेरिकामा ६ सय ९९ डलर तोकिएको छ । यो स्मार्टफोन बजारमा हाल स्थापित ब्राण्डका स्मार्टफोनहरु अगाडि खरो उत्रिन सक्नेमा शन्देह प्रकट भएको छ । यो फोन महंगो भएको र यसले बजारमा रहेका सुपथ मूल्यका राम्रा फोनसँग टक्कर लिने नसक्ने जस्तो पनि देखिन्छ । 

यो स्मार्टफोनमा २ वटा मूख्य क्यामरा रहेका छन् भने एउटा सेल्फी क्यामरा रहेको छ, जसले सेल्फी मोडमा कुनैपनि प्रकारको प्रकाशको अवस्थालाई ह्याण्डल गर्न सक्दछ ।यो स्मार्टफोनमा टाइटानियम प्रयोग गरिएको छ , जसका कारण यो फोनमा बाहिरी खोल राख्नुपर्ने छैन, सुरक्षित रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।