logo

चिठ्ठा पर्यो भन्दै सामाजिक सञ्जालबाट करोडौं ठगी गर्ने ९ जना पक्राउ

    1692   पटक पढिएको


५ चैत /अर्थ र व्यापार - पोखरा । पछिल्लो समय चिठ्ठा परेको छ भन्दै फेसबुक, भाइबर, इमो म्यासेन्जरमार्फत ठगी धन्दा बढिरहेको छ । सामाजिक सञ्चालनका विभिन्न माध्यमबाट प्रलोभन देखाएर ठगी गर्ने ठूलो गिरोह सक्रिय भइरहदा पोखरामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विदेशीले उपहार पठाइदिएको भन्दै प्रलोभन देखाउने र लाखौं रुपैयाँ गठी गर्ने ९ जना ठगलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । उनीहरुले चिठ्ठा परेको छ भन्दै सयौंलाई ठगी गर्ने गरिसकेका छन् । निस्दी(७ ज्यामिरेका २६ बर्षीय यामबहादुर रानामगले करिब डेढ वर्षअघि विदेशी नागरिकले आफू र आफ्नो परिवारका लागि सामान र पैसाहरु पठाएको सामाजिक सञ्जालमार्फत आफन्तलाई सुनाए । त्यही पैसा र समानको ट्याक्स क्लियर गर्न आउँदा आफू थुनामा परेको भन्दै आफन्तसँग यामबहादुरले आर्थिक सहयोगको याचना गरे ।

यामबहादुरको याचनाले आफन्तको मन पग्ल्यो र बैंक अफ काठमाडौंको खातामा केही रकम पठाइदिए । तर, त्यसपछि न यामबहादुरले ती आफन्तलाई सम्पर्क गरे, न विदेशीले पठाएको पैसा र सामान नै पाएको खबर गरे । पछि ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गर्न पुगेको थियो । यस्तै सामाजिक सञ्जालबाट २५ लाख रुपैयाँ चिठ्ठा परेको छ भन्दै ८० जनाभन्दा बढी व्यक्तिहरुलाई ठगी गर्ने धादिङ खनियावास(५ का २६ वर्षीय टेकबहादुर तामाङ र २४ वर्षीय नेनिस तामाङ, नेत्रावती(१ का २८ वर्षीय ठाकुर गुरुङ, र मनोज तामाङ गणेश गुरुङलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो
धनुषा प्रहरीको सहयोगमा संगीता मिश्र र उनीसँगै रहेकी कामनी तिवारीलाई पनि पक्राउ गरेको छ । संगीतामाथि प्रहरीले अनुसन्धान र सोधपुछ गर्दा त्यो सम्पूर्ण काम गर्न महोत्तरीका योगेन्द्र तिवारीले लगाएको खुलेपछि धनुषामा पक्राउ गरी प्रहरीले पोखरामा बुझाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।