logo

नेपालमा गरिबी झनै बढ्यो, २८.६ प्रतिशत नेपाली गरिबीको रेखामुनि,

    1891   पटक पढिएको


 
६ पुष / अर्थ र व्यापार - काठमाडौं। सरकारले पहिलोपटक बहुआयमिक गरिबी सूचकांक (एमपिआई) पद्धतिबाट गरिएको अध्ययनले २८.६ प्रतिशत नेपाली गरिब रहेको देखाएको छ । ‘नेपाल बहुआयमिक गरिबी सूचकांक–२०१८’ ले यो तथ्यांक देखाएको हो । सरकारले राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको संस्था ओपिएचआईसँग सहकार्य गरी सन् २०१४ मा राष्ट्रिय सर्वेक्षण गरेको थियो । एमपिआई पद्धतिअन्तर्गत विभिन्न १० वटा सूचकलाई मुख्य आधार बनाएर टगरिएको सर्वेक्षणबाट प्राप्त तथ्यांक आयोगले बुधबार सार्वजनिक गरेको हो ।  
सूचकांकअनुसार सन् २००६ देखि २०१४ को अवधिमा मुलुकको गरिबी आधा घटेको छ । राष्ट्रिय गरिबी निवारणमा यसलाई ठूलो उपलब्धीको रुपमा लिनुपर्ने सरोकारवालाको भनाइ छ । ‘२००६ मा ५९ प्रतिशत रहेको गरिबी २०१४ मा २९ प्रतिशतमा झरेको छ,’ ओपिएचआईकी निर्देशक सबिना अल्किरेले भनिन्, ‘राष्ट्रिय गरिबी निवारणमा यो नाटकीय र उत्साहजनक उपलब्धि हो ।’ उनले नेपालको यस उपलब्धिले परिवर्तन सम्भव मात्र नभइ तीव्र पनि हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताइन् । यही गतिमा अगाडि बढे नेपालले तय गरेको दिगो विकास लक्ष्यमा पुग्न सम्भव हुने निर्देशक अल्किरेको भनाइ छ । सरकारले तय गरेको दिगो विकास लक्ष्य (एसडिजी) मा सन् २०३० सम्म गरिबी पाँच प्रतिशतभन्दा तल झार्ने उल्लेख छ । यो अवधिसम्म प्रतिव्यक्ति आय दुई हजार पाँच सय डलर पु¥याई नेपाललाई मध्यमस्तरको आय हुने मुलुक बनाउने एसडिजीको लक्ष्य छ । 


यसअघि आम्दानीका आधारमा गरिएको सर्वेक्षणबाट २१.६ प्रतिशत नेपाली गरिब रहेको देखाइएको थियो । यसले गरिबीको बहुआयमिक पक्षलाई समेट्न नसक्ने योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले बताए । ‘धेरै विषयको मापन कुल गार्हस्थ उत्पादनकै आधारमा गर्ने प्रचलन छ तर, सन् १९९० बाट मानव विकास सूचकांक सुरु भयोे,’ उनले भने, ‘अहिले एमपिआई आएको छ । यस पद्धतिमा शिक्षा, स्वास्थ्य र जीवनस्तरलाई मुल आधार बनाएर १० वटा सूचकको बहुआयमिक विश्लेषण गरिन्छ । यसले जरासम्म पुगेर तथ्य पहिचान गर्ने काम गर्छ ।’ उनले मौद्रिक तथा गैरमौद्रिक दृष्टिबाट गरिबी घटाउने कार्यको गति प्रभावकारी देखिए पनि पोषण र शिक्षा क्षेत्रमा चुनौतीपूर्ण रहेको बताए । प्रदेश २ र ६ मा आधा जनसंख्या गरिब सूचकांकले प्रादेशिक रुपमा बहुआयमिक गरिबीको अवस्थामा ठूलो भिन्नता देखाद्धको छ । प्रदेश ६ मा कुल जनसंख्याको आधाभन्दा बढी अर्थात ५१.२ प्रतिशत जनसंख्या बहुआयमिक गरिब रहेको तथ्यांक छ । सो तथ्यांकले मुलुकको सात वटा प्रदेशमध्ये प्रदेश ६ को अवस्था निकै कमजोर रहेको देखाउँछ । यसपछि प्रदेश २ को अवस्था कमजोर देखिन्छ । यस प्रदेशमा कुल जनसंख्याको करिब आधा अर्थात ४७.९ प्रतिशत बहुआयमिक गरिब रहेको तथ्यांक छ । 
प्रदेश २ र ६ को तथ्यांकको ठीक उल्टो प्रदेश ३ र ४ मा भने बहुआयमिक गरिब १५ प्रतिशतभन्दा कम रहेको छ । सूचकांकमा प्रदेश ३ मा १२.२ प्रतिशत र प्रदेश ४ मा १४.२ प्रतिशत बहुआयमिक गरिब रहेको उल्लेख छ । त्यसैगरी, प्रदेश ७ मा ३३.६ प्रतिशत, प्रदेश ५ मा २९.९ प्रतिशत र प्रदेश १ मा १९.७ प्रतिशत गरिब रहेको प्रतिवेदनले देखाएको छ ।
प्रदेशअनुसार गरिबको सूचकांक पनि फरक–फरक देखिएको छ । सूचकांकले ०–९ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा गरिब समूहमा परेको देखाएको छ । जसमा ४१.६ प्रतिशत बालबालिका बहुआयमिक गरिबीमा रहेको देखिन्छ ।   

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।