logo

रेडियो नेपालको ४१ रोपनी जग्गा दूरसञ्चार प्राधिकरणलाई

    825   पटक पढिएको


२१ असार/ अर्थ र व्यापार – सरकारले ललितपुरको खुमलटारस्थित रेडियो नेपालका नाममा रहेका रहेको ४१ रोपनी ४ आना जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
जग्गाको हक हस्तान्तरणका लागि प्राधिकरणले प्रतिआना ४० लाख रुपैयाँका दरमा रेडियो नेपाललाई रकम भुक्तानी गर्नेछ । यसअनुसार रेडियो नेपालले करिब साढे २ अर्ब ६० करोडभन्दा बढी मूल्य रुपैयाँ पाउनेछ । गत साता बसेको मन्त्रिपरिषद बैठकले रेडियो नेपालको जग्गा ४० लाख रुपैयाँ प्रतिआना प्राधिकरणले रेडियो नेपालको खातामा जम्मा गर्ने गरी हक हस्तान्तरणको स्वीकृत दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । ‘रेडियो नेपालको जग्गाको हक अब दूरसञ्चार प्राधिकरणलाई हस्तान्तरण गरिनेछ,’ उनले भने ।

२०७५ सालमै मन्त्रिपरिषद बैठकले रेडियो नेपालको जग्गाबापत सरकारी दररेट अनुसारको रकम मन्त्रालयको सहमतिमा नेपाल दूरसञ्चार प्राधिकरणले रेडियो नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो । यसरी प्राप्त हुने रकम रेडियो नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहमतिमा पूँजीगत कार्यमा खर्च गर्ने निर्णय भएको थियो ।
तर, रेडियो नेपालको जग्गा भाडामा लागेर विवाद उत्पन्न भएपछि अदालतसम्म मुद्दा पुगेकाले हक तथा स्वामित्व हस्तान्तरण हुन पाएको थिएन । अदलतबाछ मुद्दा टुंगिएर रेडियो नेपालको पक्षम फैसला भइसकेकाले अब मन्त्रिपरिषदले जग्गाको यकिन विवरणसहित प्राधिकरणलाई जग्गा उपलब्ध गराउन सहमति दिएको हो ।

यो जग्गामा प्राधिकरणले नेपालको स्याटेलाइटको ग्राउन्ड स्टेसन निर्माण गर्ने योजना बनाएको थियो । तर, अहिले आफ्नै स्याटेलाइट राख्ने परियोजना स्थगित भएकाले यहाँ प्राधिकरणको केन्द्रीय कार्यालय स्थापना हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।