logo

सूचना प्रविधीको विस्तारमा छलाङ, इन्टरनेट प्रयोगकर्ताको संख्या साढे २३ लाख नाघ्यो

    983   पटक पढिएको


२५ मंसिर /अर्थ र व्यापार – पछिल्लो समय मुलुकमा सूचना प्रविधीको विस्तारमा छलाङ मारिएसँगै हाल देशभर इन्टरनेट प्रयोगकर्ताको संख्या साढे २३ लाख नाघेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्मा देभभर २३ लाख ६० हजार ९६२ प्रयोगकर्ता पुगेका छन् ।
गत साउनमा देभभर २२ लाख ९९ हजार ५४ ग्राहक थिए । भदौमा देशभर ६१ हजार ग्राहक थपिँदा साढे २३ लाख बढी ग्राहक पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार २२ लाख ५३ हजार ११५ जना ग्राहक फाइबर प्रयोगकर्ता र ९२ हजार १६२ केबलको प्रयोगकर्ता छन् । यसैगरि,, १५ हजार ६८३ जना ग्राहक भने वायरलेस प्रयोगकर्ता छन् ।
अहिले देशभर ५८ वटा इन्टरनेट सेवा प्रदायक कम्पनी छन् । यसमध्ये नेपालमा सबैभन्दा बढी बजार एवं उपभोक्ता वल्र्डलिंक कम्यूनिकेशनको छ । वल्र्डलिंकको मात्रै देशभर ६ लाख ८१ हजार ९४४ इन्टरनेट प्रयोगकर्ता छन् । वल्र्डलिंकबाहेक अन्य इन्टरनेट सेवा प्रदायक संस्थाले भने हालसम्म ३ लाख ग्राहक बनाउन नसकेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तथ्यांक हेर्दा वल्र्डलिंकपछि नेपाल दूरसञ्चार कम्पनीको बढी ग्राहक छन् । भदौ मसान्तसम्ममा कम्पनीको ग्राहक देशभर २ लाख ९१ हजार २८४ पुगेका छन् । यसैगरी, भायोनेट कम्यूनिकेशनको २ लाख ४० हजार ७२९, वेभ सर्फर नेपाल कम्यूनिकेशन सिस्टम प्रालिको १ लाख ७३५, सुविसु केवलनेटको २ लाख ४१ हजार ७३४, डिस मिडिया नेटवर्कको १ लाख ५५ हजार २५७, क्लासिक टेक प्रालिको २ लाख ४२ हजार ६१८ र टेक माइन्ड् नेटवर्क प्रालिको देशभर १ लाख ७ हजार ३३७ जना प्रयोगकर्ता छन् ।
त्यसैगरि, ब्रोडलिंक नेटवर्क एण्ड कम्यूनिकेशनको ५४ हजार ७२१, पोखरा इन्टरनेटको १० हजार १०८, एरोनेटको १९ हजार २५९, फाइबरवल्र्ड कम्यूनिकेशनको २१ हजार ३५४, सिम्पल मिडिया नेटवर्क केबलको २९ हजार ५५, फस्र्ट लिंक कम्यूनिकेशनको १६ हजार ३५५, सीजी कम्यूनिकेशनको ३६ हजार २३, कनेक्ट नेपाल नेटवर्कको १८ हजार ५७० म्याक्स नेट सोलुसनको १२ हजार ५ सय प्रयोगकर्ता रहेको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।