logo

डिजिटल भुक्तानी प्रणालीमा जोडियो नेपाल आयल निगम, चार दिनमा तीन अर्ब ९७ करोड संकलन

    2387   पटक पढिएको

७ साउन/अर्थ र व्यापार– नेपाल आयल निगमले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को प्रणाली मार्फत भुक्तानी संकलन गर्ने ’एसएपी’ प्रणालीको सुरुवात गरेको छ ।

निगमका डिलर तथा पार्टनरहरुले अब कनेक्टआइपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट्पे तथा बैंक र वित्तीय संस्थाहरुको शाखामार्फत निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्न थालेको चार दिनमा नै तीन अर्ब ९७ करोड रुपैयाँ बराबरको भुक्तानी संकलन भएको जनाएको छ । एसएपी प्रणालीलाई नेपालमा सञ्चालन गर्ने निगम पहिलो सरकारी निकाय हो ।

एनसीएचएलले शाखाबाट १० लाख रुपैयाँसम्मको रियल टाइम अन्तर बैंक भुक्तानी गर्न सकिने, एउटै बैंकमा रियल टाइममा प्रति कारोबार एक करोड रुपैयाँसम्म तथा नन् रियल–टाइममा २० करोड रुपैयाँसम्म भुक्तानी गर्न सक्ने जनाएको छ । 

एनसीएचएलले कनेक्टआइपीएसमा हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थामा फण्ड ट्रान्स्फर तथा अन्य विभिन्न भुक्तानीहरु गर्न सकिने बताइएको छ । 

त्यस्तैगरी, एनसीएचएल आइपीएसमा ६२ र कर्पोरेट पेमा ३० बैंक तथ वित्तीय संस्था आबद्ध रहेको एचसीएचएलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।