logo

प्रतिसेयर आम्दानीको गलत तथ्यले लगानीकर्ता ठगिए

    1513   पटक पढिएको

५ साउन / अर्थ र व्यापार – सेयर लगानीकर्ताहरुलाई कुनै पनि कम्पनीमा लगानी गर्न लोभ्याउने एउटा तत्व हो प्रतिसेयर आम्दानी । तर, कम्पनीहरुले वास्तविक आम्दानीभन्दा धेरै नाफा हुने देखाइदिँदा लगानीकर्ता ठगिएको छ । प्रतिसेयर आम्दानी उच्च देखाएर कसरी लगानीकर्ता झुक्किने अबस्थामा पुग्छन् भन्ने पछिल्लो उदाहरणका लागि बोटलर्स नेपाल तराईको सेयरलाई हेर्दा पुग्छ । प्रतिसेयर आम्दानी निकाल्दा त्रुटीपूर्ण विधि प्रयोग गर्नाले लगानीकर्ता झुक्किएका छन् ।

यस कम्पनीको सेयर कारोबार संंख्या पछिल्लो समयमा बढ्न थालेको छ । पहिले वर्षभरीमा १२ पटक कारोबार हुन मुस्किल रहेको यो कम्पनीको कारोबार अहिले महिनामै त्यति हुन्छ । पहिले निश्चित वर्गमा मात्र सिमित रहेको कम्पनीमा अन्य सर्वसाधारण लगानीकर्ताहरु पनि प्रवेश गरिरहेको देखिन्छ । नियमित रुपमा वित्तीय विवरण प्रकाशित नगर्ने मध्येको बोटलर्स नेपाल गत आवको दोस्रो त्रैमाश (पुससम्ममा) मा १० करोड ७६ लाख नोक्सानीमा रहेको थियो । १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सो समय प्रतिसेयर आम्दानी ३ सय ५५ रुपैयाँले ऋणात्मक रहेको देखायो । 

प्रतिसेयर आम्दानीको हिसाबलाई कम्पनीले बार्षि्किकरण ग¥यो तर उपयुक्त सूत्र प्रयोग गरेन । कम्पनीले अपनाएको सूत्र हेर्दा दोस्रो त्रैमाशसम्मको नोक्सानी १० करोड ७६ लाख रुपैयाँलाई सेयर संख्या १२ लाख १० हजार कित्ताले भाग गरिएको छ । यसरी आएको भागफल (८८.९७) लाई ४ ले गुणन गरेर प्रतिसेयर आम्दानी ३ सय ५५ रुपैयाँले ऋणात्मक देखाइएको छ । जबकि यसको वास्तविक नोक्सानी १७९ रुपैयाँ मात्रै हो ।

नियमानुसार कम्पनीले पहिले नोक्सान (वा नाफा) लाई त्रैमाशको संख्या (यो दोस्रो त्रैमाशको भएकोले २) ले भाग गर्नुपर्ने थियो । त्यसपछि सेयर संख्याले भाग गरेर ४ ले गुणन गर्नुपर्ने थियो । तर, त्यसो नगरेकोले प्रतिसेयर आम्दानी निकै उच्च दरले ऋणात्मक देखियो । यसको प्रभाव बजारमा देखिएन लगानीकर्ताले सेयर होल्ड गर्न वा कायम मूल्यमा नै बेच्न रुचाए र मूल्य घटेन । तर, तेस्रो त्रैमाशमा कम्पनीले फेरी त्यही गल्ति ग¥यो । यसपटक कम्पनीले १७ करोड ८२ लाख कमायो । कम्पनीले नाफालाई त्रैमाशको संख्या (३ ले) भाग गरेन । सोझै यसलाई सेयर संख्याले भाग गरेर आएको भागफल १ सय ४७ लाई नै आधार मानेर ४ ले गुणन गरियो । जसको कारण कम्पनीको विवरणमा प्रतिसेयर आम्दानी ५ सय ८९ देखिएको छ । जबकि यसको वास्तविक प्रतिसेयर आम्दानी एक सय ९६ रुपैयाँ मात्र हो ।

प्रतिसेयर आम्दानी उच्च देखिँदा लगानीकर्ता सेयर किन्न हौसिएका छन् । त्यसअघिसम्म ३ हजार ५ सयको हाराहारीमा कारोबार भइरहेको कम्पनीको सेयर मूल्य ६ हजार माथि आएको छ । यद्यपि बोटलर्स नेपालले नियतबस नै लगानीकर्तालाई झुक्याएको हो भनेर भन्न सकिन्न । किनभने दोस्रो त्रैमासिकमा उच्च नोक्सान देखाउनु कम्पनीको हितमा थिएन । भलै तेस्रो त्रैमासिकमा उच्च नाफा देखाएर कम्पनीले फाइदा उठाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।