२९ असोज/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२ दशमलब ५८ अंकले घटेर २५ सय ५ विन्दुमा झरेको छ ।
यसदिन अघिल्लो दिनको भन्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ३६ करोडको कारोबार भएकोमा बुधबार ३ अर्ब १० करोडको कारोबार भएको छ ।
यसदिन ४० वटा कम्पनीको मूल्य बढेको छ । २ सय ६ वटा कम्पनीको सेयरमूल्य घट्यो भने पाँच वटा कम्पनीको स्थिर रहेको छ । बुधबार म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटेका छन् । म्युचुअल फन्ड ०.२४ प्रतिशत बढ्यो । व्यापार सबैभन्दा धेरै २. ०९ प्रतिशत घट्यो ।
यसदिन बैंकिङ ०.५४, विकास बैंक १.१४, फाइनान्स १.१०, होटल तथा पर्यटन १.०६, हाइड्रोपावर १.१८, लगानी ०.९८, जीवन बीमा ०.७५, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स उपसमूहको सेयरमूल्य ०.५६ प्रतिशतले घटेको छ । त्यस्तै निर्जीवन बीमा ०.६५ र अन्य उपसमूह १.२२ प्रतिशतले घटेको छ ।
समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.९३ प्रतिशत बढ्यो । क्रेस्ट माइक्रोलाइफको ३.६२ तथा मातृभूमि लघुवित्तको ३.१३ प्रतिशत बढ्यो । दुई कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । समाज लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.८७, पन्चकन्या माइ हाइड्रोको ५.७५ तथा ग्रिन डेभलपमेन्ट बैंकको ५.०२ प्रतिशत मूल्य घट्यो ।
यसदिन धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, बुटवल पावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहेका छन् ।
तपाईको प्रतिक्रिया