logo

क्रिस्टल कञ्चनजंघाले सुरू गर्याे मार्जिन ट्रेडिङ सुविधा, ७० प्रतिशतसम्म ऋण दिने

    278   पटक पढिएको

२५ साउन / अर्थ र व्यापार- क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा.लि.(स्टक ब्रोकर नम्बर ५०) ले मार्जिन ट्रेडिङ सुविधा सुरू गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डको नियामकीय व्यवस्था तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको प्रक्रिया अनुसार आजदेखि मार्जिन ट्रेडिङ सेवा सुरू गरेको जनाएको छ ।

कम्पनीका अनुसार मार्जिन ट्रेडिङ सुविधामार्फत योग्य लगानीकर्ताले प्रारम्भिक मार्जिन जम्मा गरी कम्पनीमार्फत योग्य सूचीकृत कम्पनीका सेयर खरिद गर्न सक्नेछन् । यसका लागि लगानीकर्ताले आवश्यक कागजातसहित कम्पनीको कार्यालयमा उपस्थित भएर आवेदन दिई सम्झौता गर्नुपर्नेछ ।

क्रिस्टल कञ्चनजंघाले ३० प्रतिशत प्रारम्भिक मार्जिन र ७० प्रतिशत मार्जिन ऋणमा आधारित सुविधा ल्याएको छ । कम्पनीले सार्वजनिक गरेको योजना अनुसार १० लाख रूपैयाँदेखि २ करोड रूपैयाँसम्मको कारोबार सीमाका लागि मार्जिन ऋण उपलब्ध हुनेछ । कारोबार सीमाअनुसार मार्जिन ऋणको रकम ७ लाख रूपैयाँदेखि १ करोड ४० लाख रूपैयाँसम्म हुनेछ । कम्पनीले मार्जिन ऋणमा ब्याज तथा प्रशासनिक शुल्क लाग्ने जनाएको छ।

कम्पनीले सार्वजनिक गरेको शुल्क तालिकामा ३०, ६०, ९०, १२०, १५० र १८० दिनसम्मका लागि लाग्ने कुल शुल्कसमेत उल्लेख गरिएको छ । पहिलो ३० दिनपछि प्रत्येक थप ३० दिनका लागि शुल्कमा एक प्रतिशत छुट दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।