logo

महिलाका लागि सेयर बजारमा लाभकर घटाउन अर्थमन्त्रीको प्रस्ताव

    1486   पटक पढिएको

२६ जेठ / अर्थ र व्यापार - अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा महिलाका लागि लाभकर घटाउन प्रस्ताव गरेका छन् । शनिबार नेपाल धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै खतिवडाले धितोपत्र बोर्डबाट महिलालाई लाभकरमा घटाउने प्रस्ताव आए आफू निकै सकारात्मक हुने बताएका हुन् ।

महिलालाई घर जग्गा रजिस्ट्रेशन छुट दिने प्रावधान लागू गरेपछि सहरी क्षेत्रमा २८ प्रतिशत घर जग्गाको स्वामित्व महिलाका नाममा आएको छ, त्यस्तै प्रस्ताव सेयर बजारमा गर्न सके राम्रो हुने उनले बताए । सरकारले बजेटमा लाभकरलाई ७.५ प्रतिशतबाट ५ प्रतिशतमा झारेको थियो । यस्तै, अर्थमन्त्रले सेयर बजार मौद्रिक नीतिको छायाँको रूपमा विकास गर्न नहुने पनि बताए । बैंकिङ प्रणालीमा तरलता बढ्दा सेयर बजारमाथि जाने र बैंकिङ प्रणालीमा तरलता घट्दा सेयर बजार तल जाने अवस्था हुन नहुने उनले बताए । 

धितोपत्र बोर्डलगायतका नियामक निकायको ऐन संशोधन भइरहेको बताउँदै उनले नियामक निकाय कतैबाट प्रभावित हुनु नहुने बताए । यसका लागि कानुनी रूपमै संरक्षण गर्नु पर्ने उनको भनाइ छ । नियामक निकायले कानुनको परिपालना गराउन सक्ने क्षमता र कानुनको परिपालना गर्ने क्रममा दण्डहीनताको अवस्था आउन नदिने सुनिश्चितता हुनुपर्ने बताउँदै उनले बैंकिङ प्रणालीबाट सिडी, सिसिडी र क्यापिटल एडिक्वेसी हिसाव गरेर लगानी गरेर नपुग्ने हुनाले पुँजी जुटाउने वैकल्पिक उपाय भनेको पुँजी बजारनै भएका बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।