logo

अल्पकालीन लगानीकर्ता हावी हुँदा शेयर बजारमा नागबेली चाल, सूचकसँगै कारोबार रकम समेत सुध्रियो

    1531   पटक पढिएको

२४ मंसिर / अर्थ र व्यापार - लगातार पाँच कारोबार दिनदेखि बढेको शेयर बजार मंगलबार समेत निरन्तरता पाएको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक २.४८ अंकले बढेर ११५१.३६ अंकमा उक्लिएको छ ।
अल्पकालीन लगानीकर्ता हावी हुँदा मंगलबार सामान्य अंकको वृद्धि देखिएको हो । लगानीकर्ताले छोटो समयको नाफा सुरक्षित गर्दा मंगलबार शेयर कारोबारमा नागबेली चाल देखिएको थियो । कारोबारको सुरुवाती आधा घण्टामा नौ अंक बढेको शेयर बजार त्यसपछि भने घट्दो लयमा देखिएको थियो । साढे १२ बजेपछि बिस्तारै बढेको बजार पुनः १ बजेपछि घट्दो लयमा देखिएको थियो । कारोबारको अन्तिम समयमा बजार सुधारिँदा सूचक दुई अंकले बढेको हो ।

लगानीकर्ताले लगातार नेप्सेमा वृद्धि हुँदा मंगलबार नाफा सुरक्षित गर्ने प्रयास गरेको एक ब्रोकर कम्पनीले जनाएको छ । उसका अनुसार कारोबारको बीचमा लगानीकर्ताले बिक्री चाप बढाएका थिए। कारोबारमा सुधार हुँदै जाँदा त्यसको असर कारोबार रकममा समेत देखिन थालेको छ । मंगलबार आधा अर्ब रूपैयाँको शेयर कारोबार भयो । सोमबारभन्दा कारोबार रकम चार करोड रूपैयाँले बढेको हो । मंगलबार ४६ करोड रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

मंगलबार १ सय ७० कम्पनीका शेयर कारोबार भए । जसमा ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६६ कम्पनीको शेयर मूल्य घटेको छ । १७ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । माछापुच्छ्रे बैंकको सबैभन्दा बढी शेयर कारोबार भयो । उसको मात्रै सात करोड रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा एनएमबि बैक दोस्रो भएको छ । उसको ३ करोड ८५ लाख रूपैयाँ बराबरको शेयर कारोबार भयो ।

कारोबारमा आएका कम्पनीहरूको उपसूचक मिश्रित देखिएको छ । १२ समूहको शेयर कारोबारमा आठ समूहको उप-सूचक बढेको छ । चार समूहको उप-सूचक घटेको हो । सबैभन्दा बढी ट्रेडिङ समूहको ४.९७ प्रतिशतले बढेको हो । अन्य समूह १.६८ प्रतिशतले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।