logo

यो साता नेप्से परिसूचक स्थिर, ६ अर्ब रुपैयाँको औषत कारोबार 

    1027   पटक पढिएको


१७ असार/अर्थ र व्यापार– गत साताको अन्तिम कारोवार दिन बिहीवार २८४३ अंकमा बन्द भएको नेप्से यो साता पनि सोही विन्दुमानै पुगेर बन्द भएको छ । आज १९.१२ अंकले बढेको नेप्से परिसूचक २८४३ विन्दुमा पुगेको हो ।

यस दिन परिसूचक १९ अंकले बढेर २८४३ अंकमा कायम भएको छ । बुधवारको तुलनामा बिहिवार कारोबार रकम पनि बढेको छ । बुधवार ५ अर्ब ८३ करोडको सेयर किनबेच भएकोमा आज ६ अर्ब ७० करोडको कारोबार भएको छ।

कारोबारका आधारमा आज नेको इन्स्योरेन्सको कबैभन्दा बढी ३० करोडको कारोबार हुँदा दोस्रोमा रहेको ज्योति विकास बैंकको १८ करोडको कारोबार भयो ।

यस दिन निर्जीवन बीमा समूह ५ अंकले घटेको छ । भने बाकी सबै समुह बढेका छन् । आज होटल तथा पर्यटन १३८, विकास बैंक १५२, जलविद्युत २१, फाइनान्स ६३, बैंकिङ ३, ब्यापार १९, जीवन बीमा ७४, उत्पादन २, अन्य ३६, माइक्रोफाइनान्स २ र लगानी समूह १ अंकले बढ्यो ।

यस दिन ओरेन्टल होटलको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, गुडविल फाइनान्सको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो । बेष्ट फाइनान्सको मूल्य ८ प्रतिशतले बढेको छ भने जोशी हाइड्रोको मूल्य ७ प्रतिशतले बढेको छ ।

आज एनएलजी इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै २.४ प्रतिशतले घटेको छ । राधि विद्युत, सूर्योदय लघुवित्त, नेसनल हाइड्रो र लक्ष्मी लघुवित्तको मूल्य पनि २ प्रतिशत भन्दा धेरैले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।