logo

बुधबार सेयरबजारमा ९ अंकको गिरावट

    1311   पटक पढिएको

२८ भदौ / अर्थ र व्यापार – पाँच महिनापछि शेयर बजार मापक सूचक पून १४ सयको लाइनमा झरेको छ । साताको पहिलो दिन देखिनै घट्न थालेको बजारले बुधबारपनि निरन्तरता पाएको हो । बुधबारको सेयरबजार पनि ओरालो लागेको छ । कारोबारमा आएका अधिकांस समूह सकारात्मक रहेपनि वाणिज्य बैंक समूह दोहोरो अंकले घटेपछि बजार ९ अंकले घटेको हो ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने सामान्य सुधार आएको छ । साताको चौथो दिन नेप्से परिसूचक ९ अंकले घटेर १४९३.२० अंकमा झरेको छ । यस अघि गएको १० चैतमा बजार १४८६.०४ अंकमा थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०४ अंकले घटेर ३१३.३२ अंकमा आइपुगेको छ । 

कारोबार खुलेको पहिलो डेढ घण्टामा बजार १८ अंकले घटेको थियो । त्यसपछि उकालो लागेको बजार ६ अंकले उक्लिएर १५०८ अंकको उचाई छुँदै पुनः घटेर बन्द भएको हो । बुधबार १६० कम्पनीका १२ लाख ७७ हजार कित्ता शेयर ६३ करोड ६९ लाख रुपैयाँमा खरिद बिक्रि भयो । आज सबै भन्दा बढी ३ करोड ३१ द्दघलाख रुपैयाँ बराबरको नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर किनबेच भएको हो ।

यसदिन कारोबारमा आएकामध्ये होटल, जलविद्युत, वित्त र बीमा समूह सकारात्मक रहेका छन भने वाणिज्य बैंक, विकास बैंक, उत्पादन र अन्य समूह ओरालो लागेका छन् । वाणिज्य बैंक समूह ११ अंक तथा विकास बैंक समूह २२ अंकले झरेको छ । बैंक ११.२६, विकास बैंक २४.०५, उत्पादनमुलक २२.६३ र अन्य कम्पनी उपसूचक ६.०८ अंकले घटेका छन् ।होटल १०.७४, जलबिद्युत १२.४७, फाइनान्स ९.७१ र बीमा उपसूचक ८.९१ अंकले बढेको छ । 

बुधबारको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा धेरै ३ करोड ३१ लाख बराबरको सेयर किनबेच भयो । जनता बैंक र नेपाल लाइफ इन्स्योरेन्को पनि २ करोड बढीको कारोबार भयो । यसदिन एभरेष्ट बैंकको अग्राधिकार सेयरको मूल्य सबैभन्दा धेरै पाँच प्रतिशतले बढेको छ । वरुण हाइड्रो, किसान माइक्रो, नागरिक लगानीकोष तथा अरुण फाइनान्स लगायतको सेयरमूल्य केही बढेको छ । 

बुधबारको बजारमा लक्ष्मी लघुवित्तको सेयरमूल्य दश प्रतिशतले घटेको छ । लघुवित्तले आजै मात्र २० प्रतिशतबोनस सहित २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । कामना सेवा विकास बैंक, सिर्जना फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक तथा सहयोगि विकास बैंक लगायतको सेयरमूल्य घटेको छ ।  
  

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।