logo

बुधबार सेयर बजार २.४९ अंकले बढ्यो

    1418   पटक पढिएको

१८ साउन / अर्थ र व्यापार – साताको चौथो दिन शेयर बजार २.४९ अंकले बढेर बन्द भएको छ । आज एक अर्ब तीन करोड रुपैयाँको कारोबार भएको हो । बुधबार १५७ कम्पनीका २१ लाख ६४ हजार कित्ता शेयर खरिद बिक्री भए । आजको कारोबारमा विकास बैंक समूहले अग्रता लिएको छ । यो समूहको ४६ करोड एक लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

दोस्रोमा बाणिज्य बैंक छन्। बाणिज्य बैंकहरुको २२ करोड ४७ लाख रुपैयाँ कारोबारको शेयर किनबेच भएको छ । बाणिज्य बैंक र बिकास बैंक दुबै उपसूचक क्रमशः ०.११ र ०.५८ प्रतिशतले बढेका छन् ।

आज पनि नेप्सेमा सूचिकृत होटलको मूल्य बढेको छ । मंगलबार देखिनै होटलको मूल्य बढ्न थालेको थियो । बुधबार होटल उपसुचक १४ अंक (०.५६ प्रतिशत) ले बढेको हो। यो समूहको तीन करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

केहि समय देखि उच्च कारोबार हुँदै आएको बीमा समूहले भने आज गुमाएको छ । यो समूहको सूचक ४९ अंक (०.५२ प्रतिशत) ले घटेको हो । बीमा समुहको १७ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल ग्रामिण विकास बैंक रह्यो। यो कम्पनी ८ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भएको हो । बुधबार नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, कुवेर मर्चेन्ट फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले ९ प्रतिशत बढी कमाएका छन् । 

सबैभन्दा धेरै गुमाउने कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर रहेको छ। मोदीको शेयर मूल्य ५.२ प्रतिशतले घटेको छ ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।