logo

बुधबार सेयरबजार २.५५ अंकले बढ्यो

    1417   पटक पढिएको

२८ असार / अर्थ र व्यापार – सेयरबजार परिसूचक नेप्से बढेको छ । बुधबारको कारोबारमा नेप्से अढाई अंक बढीले उकालो लागेपनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३५ करोडले कम हो ।बुधबार नेप्से २.५५ अंकले बढेर १५८७.५६ विन्दुमा पुगेको छ । कारोबारमा आएका अधिकांस समूहमा गिरावट आएपनि वाणिज्य बैंक, विकास बैंक र बीमा समूह सकारात्मक रहेपछि बजार सामान्य बढेको हो ।

यसदिन वाणिज्य बैंक समूह ३.५९, विकास बैंक ७.२९ तथा बीमा २७.७१ अंकले बढेका छन । होटल,जलविद्युत, वित्त र अन्य समूह भने नकारात्मक रहेका छन ।

१५२ कम्पनीको कारोबार भएको बजारमा ३५ लाख ९७ हजार कित्ता सेयर ६४ करोड २ लाख रुपैयाँ बराबरमा किनबेच भए ।  मंगलबार झण्डै एक अर्ब बराबरको कारोबार भएको थियो । मंगलबारको बजारमा नबिल बैंक र नेशनल लाईफको संस्थापक सेयरको खरिद बिक्री उच्च हुँदा कारोबार रकम उकासिएको थियो । 

बुधबारको बजारमा सोल्टी होटलको सबैभन्दा धेरै ७ करोड ६३ लाख बराबरको सेयर किनबेच भएको छ । मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर पनि ३ करोड ७२ लाख बराबरको कारोबार भयो । नेपाल लाइफ र एनसीसी बैंक पनि उच्च कारोबार गर्ने कम्पनीको सूचिमा रहेका छन ।

बजार झिनो अंकले बढेपनि चार कम्पनीको सेयरमूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ । फरवार्ड माइक्रो,अरुण फाइनान्स, कर्णाली डेभलपमेन्ट र कुबेर मर्चेन्टको सेयरमूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ । 

सिनर्जी फाइनान्स र नागरिक लगानीकोषको सबैभन्दा बढी चार प्रतिशतले सेयरमूल्य ओरालो लागेको छ । नागरिक लगानीकोषले अघिल्लो बर्षको कमाईबाट २१.८५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । कोषको प्रस्तावलाई लगानीकर्ताले खासै रुचाएको देखिएन । धितोपत्र बोर्डको कारबाही भोगेर आजै कारोबार खुलेको नेशनल हाइड्रोको सेयरमूल्य घटेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।