logo

बुधबार सेयरबजार ११.९४ अंकले बढ्यो

    1518   पटक पढिएको

२१ भदौ / अर्थ र व्यापार – बुधबारको सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ भने कारोबार रकममा सामान्य गिरावट देखिएको छ । केही दिन यता बैंक तथा वित्तीय संस्थाहरुले सहज रुपमा सेयरकर्जा प्रवाह गर्ने आर्कषक योजनाका विज्ञापनहरु गर्न थालेपछि यसको प्रभाव बजारमा देखिएको हो ।

नबिल र एनआइसी एशिया लगायतका वाणिज्य बैंक, मुक्तिनाथ, ज्योति,कैलाश लगायतका विकास बैंकले सेयर कर्जाका योजनाहरु सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले सेयर कर्जा लिन धमाधम बोलाएपछि सेयरबजारमा सुध्रने आशमा लगानीकर्ता रहेको र सोही अनुसार कारोबारमा सहभागी हुँदा बजारमा सकारात्मक प्रभाव परेको हो । 

तर बैंकहरुले सेयर कर्जा लिन बोलाएपनि सहज रुपमा कर्जा पाउन नसकेको साना लगानीकर्ताको गुनासो छ । धेरै जसो बैंकहरुले ठुला लगानीकर्तालाई मात्र सेयर कर्जा उपलब्ध गराएको छ ।

मंगलबार इन्द्रजात्राको अवसरमा सार्वजनिक विदा परेकाले सेयर कारोबार भएन । बुधबार कारोबार खुल्नासाथ इन्भेष्टमेन्ट बैंकको लाभांशको सूचना नेप्सेमा सार्वजनिक भयो । बैंकको लाभांशले बजारमा तिब्र वृद्धि आयो । सबैभन्दा धेरै चुक्तापूँजी र साधारण सेयरको संख्या भएको बैंकले आर्कषक लाभांश प्रस्ताव गरेपछि बजार आधाघण्टा नपुग्दै २५ अंकसम्म उकालो लागेको थियो । बैंकले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद दिने बताएको थियो ।

तर बैंकले सूचना गलत भएको भन्दै सच्याएर अर्को सूचना जारी गरेपछि बजारको चाम हरायो । उसले १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश बाड्ने प्रष्ट्यायो । बैंकको एक गलत सूचनाले यसबिचमा इन्भेष्टमेन्ट बैंकको सेयर किन्ने लगानीकर्ताले घाटा सहनु पर्यो । बजार खुल्दा प्रतिकित्ता ७४३ रुपैयाँ रहेको बैंकको सेयरमूल्य प्रतिकित्ता ८०५ रुपैयाँ सम्म पगेको थियो । बजार बन्द हुदा सेयरमूल्य ७६२ रुपैयाँ कायम भएको छ ।

बजारमा इन्भेष्टमेन्ट बैंकको सबैभन्दा धेरै ७ करोड बढीको सेयर किनबेच भएको छ । बैंकको ९१ हजार २४७ कित्ता सेयर किनबेच भयो । बुधबार सेयरबजार परिसुचक नेप्से ११.९४ अंकले बढेर १५६६.५० बिन्दुमा पुगेको छ । यसदिन १६४ कम्पनीको ८३ करोड ४३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । कारोबार रकम गत सोमबारको तु्लनामा करिब एक करोड कम हो ।

इन्भेष्टमेन्ट बैंकपछि उच्च कारोबार हुने गुराँस लाइफ इन्स्योरेन्सको ५ करोड बढीको संस्थापक सेयरको किनबेच भयो । नेपाल लाइफ र नबिल बैंकले पनि ३ करोड बढीको कारोबार गरे ।

यसदिन महिला संस्था वित्तीय सहयात्रको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ । आरएसडिसी लघुवित्तको सेयरमूल्य पनि झण्डै दश प्रतिशतकै हाराहारीमा बढेको छ । सिद्धार्थ ओरिन्टेड इक्कुटी स्किम र नादी पावरको सेयरमूल्य सबैभन्दा धेरै आठ प्रतिशत बढीले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।