logo

बुधबार सेयरबजार ३.६२ अंकले उकालो चढ्यो

    1692   पटक पढिएको

७ असार / अर्थ र व्यापार - अघिल्लो सातादेखि निरन्तर ओरालो लागेको सेयरबजार परिसूचक नेप्से बुधबार भने सामान्य उकालो लागेको छ । बजार सामान्य बढेपनि कारोबार रकम भने खस्कियो । अघिल्लो दिनको तुलनामा बुधबार कारोबार रकममा १२ करोडले कमी आएको छ । बुधबार नेप्से ३.६२ अंकले बढेर १५५४.६९ विन्दुमा पुगेको छ ।

कारोबारमा आएका जलविद्युत, फाइनान्स, उत्पादन र अन्य समूह नकारात्मक रहेपनि वाणिज्य बैंक लगायत विकास बैंक, जलविद्युत, होटल र विमा समूह सकारात्मक रहेपछि समग्र नेप्से सामान्य बढेको हो । यसदिन १५२ कम्पनीको करिब ४६ करोड ७५ लाख बराबरको सेयर किनबेच भयो । कारोबार रकमको अघिल्लो दिनको भन्दा १२ करोड कम हो ।

बुधबारको सेयरबजारमा एभरेष्ट बैंकको सबैभन्दा धेरै चार करोड बढीको सेयर कारोबार भयो । एभरेष्ट बैंकको ३३ प्रतिशत हकप्रदपश्चात आजै मात्र सेयरमूल्य समायोजन भएको थियो । त्यस्तै स्ट्याण्र्डड चार्टर्ड बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सको पनि दुई करोड बढीको सेयर किनबेच भयो ।

यसदिन फरवार्ड वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढीले उकालो लागेको छ । कर्णाली डेभलपमेन्ट बैंक, \नेशनल माइक्रोफाइनान्स, मितेरी डेभलपेमेन्ट लगायतको सेयरमूल्य पनि सामान्य बढेको छ ।

हिमालयन डिष्टलरीका लगानीकर्ताले सबैभन्दा धेरै सात प्रतिशतले गुमाएको बजारमा सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, काबेली विकास बैंक लगायतको कम्पनीको सेयरमूल्य घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।