logo

बुधबार सेयरबजारमा १४.२४ अंकको गिरावट

    1261   पटक पढिएको


२४ जेठ / अर्थ र व्यापार -   नयाँ अर्थमन्त्री नियुक्त भएकै दिन सेयरबजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेदेखि नै दिनभर उतारचढाब देखिएको सेयरबजार बन्द हुने समयतिर ह्वात्तै ओरालो लागेको हो । नयाँ अर्थमन्त्री घोषणा हुनासाथ बजार तिब्र गतिले घटेकाले पनि सेयरबजारले नयाँ अर्थमन्त्रीलाई नरुचाएको देखिन्छ । अर्थतन्त्रमा कम जानकार अर्थमन्त्री नियुक्त भएपछि लगानीकर्ताको मनोबल खस्किएको छ ।

बुधबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १४.२४ अंकले घटेर १६२५.५२ अंकमा ओर्लिएको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८८ अंकले घटेर ३४४.९१ अंकमा ओर्लिएको छ ।

मंगलबार करिब ९२ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार भने कारोबार रकम घटेको छ । १४९ कम्पनीका ११ लाख ७३ हजार कित्ता शेयर ६९ करोड रुपैयाँमा खरिद बिक्री भएको छ ।

बुधबार सबैभन्दा बढी स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयर खरिद बिक्री भएको छ । बैंकको आठ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो। यसैगरी कारोबार रकमकै आधारमा सनराइज बैंक दोस्रो भएको छ । बैंकको चार करोड ५७ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको हो ।

मंगलबार आठ समूहमा सात समूहको वृद्धि भएकोमा बुधबार ठिक उल्टो भएको छ । कारोबारमा आएका आठ सूचकमा सात सूचक घटेको छ । बैंकिङ ९.९८, होटेल ५७.८५, विकास बैंक १२.४७, जलबिद्युत १७.७३, फाइनान्स ०.१८, बीमा ९१.७७ र अन्य ४.६३ अंकले घटेको छ । उत्पादनमूलक भने ९.६९ अंकले बढेको छ ।

बुधबार सबैभन्दाबढी  आरएसडीसी लघुवित्तले करिब १० प्रतिशत कमाएका छन् भने सगरमाथा इन्स्योरेन्स कम्पनीका शेयरधनीले करिब ४ प्रतिशत गुमाएका छन् ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।