logo

भिटोफ नेपालले कुन्छाल गाउँलाईं पर्यटकिय गन्तव्य बनाउने

    1956   पटक पढिएको

फागुन ८ / अर्थ र व्यापार- मकवानपुरको थाहा नगरपालिका १, कुन्छाल गाउँलाईं पर्यटकिय गन्तव्य बनाउन सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । गत आईतबार गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) ले आयोजना गरेको ‘कुन्छाल गाउँ अवलोकन भ्रमणमा उपस्थित सरोकारवालाहरुले सो प्रतिबद्धता जाहेर गरेका हुन् । गोपालीहरुको मौलिक परम्परामा पर्यटक रमाउने उनको विश्वास थियो । विश्व पर्यटन दिवसको अवसरमा सन् २०१७ को पर्यटकीय गाउँको रुपमा घोषणा भएको कुन्छाल गाउँमा करिब २ सय परिवार गोपालीहरु बसोबास छ । गोपालीहरुको आफ्नै भाषा र मौलिकता रहेको छ ।


कार्यक्रममा भिटोफ नेपालका अध्यक्ष राम सापकोटा ‘कमल’ले मकवानपुरको थाहा नगरपालिका ‘थाहा’ अभियानता रुपचन्द्र विष्टको कारण ऐतिहासिक रुपले चिनिएको बताए । ‘विश्व पर्यटन दिवसको अवसरमा हामीले कुन्छाल गाउँलाई पर्यटन गन्तव्यको रुपमा घोषणा गरेका हौँ, यो काठमाडौं बाट चन्द्रागीरि नजिकै रहेको होमस्टे ट्रेकिङको सम्भावना बोकेको क्षेत्र हो,’–सापकोटाले भने । होमस्टेका लागि ठूलो लगानी गर्नु नपर्ने बताउँदै उनले आफूसँग जे छ त्यही सफा पूर्वक पर्यटकलाई खुवाउँदा पर्यटक आकर्षित हुने र प्रशस्त आम्दानी गर्न सकिने बताए ।

नेपालमा सगरमाथा र बुद्धको माध्यम बाट मात्रै होइन अन्य माध्यमबाट पनि पर्यटक आकर्षण गर्न सकिने र पर्यटनको माध्यमबाट नै जीवनस्तर उकास्न सकिने सापकोटाले वताए । कार्यक्रममा ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले कुन्छाल गाउँ आफूले सोचेको भन्दा निकै सन्दर पाएको बताए । ‘ कुन्छाल गाउँले  थुप्रै संभावना बोकेको र इतिहास, कृषि, प्राकृतिक सुन्दरता, सांस्कृतिक सुन्दरताले पर्यटकलाई लोभ्याउन सक्छ,’दाहालले भने । होमस्टेका लागि पूर्वाधार विकासको तालिम दिनुपर्ने भन्दै उनले पर्यटन बोर्ड, टान लगायत पर्यटन सम्बद्ध संस्थाले सहयोग गर्नुपर्ने वताए ।

थाहा नगरपालिकाका मेयर लभेश्वर विष्टले आफूहरुले पर्यटनलाई थाहा नगरपालिकाको प्रमुख आधारको रुपमा विकास गर्ने बताए । ‘कृषि पर्यटन र पूर्वाधार थाहा नगरको पूर्वाधार भन्ने हाम्रो नगरपालीकाको नारा नै छ,’ उनले भने,‘प्रचार प्रसारको कमीले कुन्छाल गाउँ पछाडी परेको हो ।’ उनले राजधानी काठमाडौंको उकुशमुकुशपूर्ण जीवन विताइरहेकाहरु लाई एक दिन कुन्छाल र चित्लाङ ल्याउन सकिने बताए । जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालले कुन्छालबासी अत्यन्तै मिलेर बसेको र यहाँको पर्यटकीय विकास गर्न आफूले सक्दो पहल गर्ने बताए । उनले आफूहरु पूर्वाधार विकास गर्ने योजनामा रहेको बताए ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले कुन्छाल गाउँलाई बोर्डले सन् २०११ देखि पर्यटकीय गन्तव्यको रुपमा अघि सारेको बताए । उनले थाहा नगरपालिकाको उत्तरी क्षेत्र रहेकाले चित्लाङमा आउने पर्यटक कुन्छाल गाउँ अवश्य आउने बताउँदै होमस्टे ट्रेकिङ ट्रेलको सम्भावना औँल्याए ।

कुन्छाल गाउँ होमस्टे समितिका अध्यक्ष सानुकाजी गोपालीले कुन्छाल गाउँमा तरकारी खेती हुने र गाउँमै बचार रहेको बताए । कुन्छाल गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफको टोली फागुन ५ र ६ गते दुई दिनसम्म कुन्छाल गाउँमा बसेको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।