logo

नेपाल स्टक एक्सचेञ्जद्वारा माथिल्लो तामाकोशीको शेयर कारोबार रद्द

    1098   पटक पढिएको

३० पुस/ अर्थ र व्यापार - नेपाल स्टक एक्सचेञ्जले आफ्नो प्राविधिक कमजोरीका कारण माथिल्लो तामाकोशीको शेयर मूल्यमा भ्रम सृजना हुन पुगेको भन्दै क्षामायचना गरेको छ । नेप्सेले तामाकोशीको शेयर कारोबार  समेत रद्द गरेको छ । सिस्टममा उत्पन्न खराबीका कारण तामाकोशीको शेयर मूल्य अस्वभाविक देखिन गएको र सो समस्या समाधानका लागि प्राविधिक टोली लागी परेको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जको सूचकमा सोमबार कारोबार सुरु भएको केहि मिनेटमै तामाकोशीको शेयर मूल्य अस्वभाबिक रुपमा बढेको देखिएको थियो ।

सोमबार बजार खुल्दा तामाकोशी शेयर मूल्य प्रति शेयर ५० प्रतिशत अर्थात ११२ रुपैयाँले बढेर ३३६ रुपैयाँ कायम थियो । कुनै पनि कम्पनीको शेयर मूल्य एक दिनमा १० प्रतिशत भन्दा धेरैले वृद्धि हुन पाउदैन् । नेप्सेको सिस्टमले एक्कासी उच्च मूल्य देखाए पछि लगानीकर्ता अलमलमा परेका थिए । पूर्ण स्वचालित अनलाईन प्रणाली सुरु गरेयता नेप्सेले यस्ता गल्ति बारम्बार गरिरहेको छ । कहिले कुल कारोबार रकम र उपसूचकहरुको कारोबार जोड्दा आउने रकम फरक देखिन्छ त कहिले बजार पूँजीकरणको रकम पनि गलत देखिन्छ ।

मार्केट डेफ्थमा त झनै ठूलो समस्या छ । लगानीकर्ताहरुले बारम्बार प्रश्न गर्दा नेप्से प्राविधिक कमजोरी भएकोले सच्याइने छ भनेर उम्कने गरेको छ । जनताको पैसा माथि खेलबाड हुँदा नेप्से एउटा प्रतिक्रिया दिएर उम्कन पाउँदैन । यस विषयमा नेप्से गंभिर भएको पनि देखिएन । लगानीकर्ताको वर्षौं देखिएको माग र दवाव पछि ल्याईएको अनलाईन प्रणालीप्रति उठेका प्रश्नको जवाफ नेप्सेले दिनु पर्दछ । महंगो प्रविधि भित्र्याएको दाबी गर्ने नेप्सेले प्रणालीमा देखिएका यस्ता गंभिर लापरबाहीलाई आगामी दिनमा जारी राखे नेप्सेको विश्वसनियतामाथि लगानीकर्ताले प्रश्न गर्ने ठाउँ रहन्छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।