logo

नेपाल स्टक एक्सचेञ्जद्वारा माथिल्लो तामाकोशीको शेयर कारोबार रद्द

    1354   पटक पढिएको

३० पुस/ अर्थ र व्यापार - नेपाल स्टक एक्सचेञ्जले आफ्नो प्राविधिक कमजोरीका कारण माथिल्लो तामाकोशीको शेयर मूल्यमा भ्रम सृजना हुन पुगेको भन्दै क्षामायचना गरेको छ । नेप्सेले तामाकोशीको शेयर कारोबार  समेत रद्द गरेको छ । सिस्टममा उत्पन्न खराबीका कारण तामाकोशीको शेयर मूल्य अस्वभाविक देखिन गएको र सो समस्या समाधानका लागि प्राविधिक टोली लागी परेको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जको सूचकमा सोमबार कारोबार सुरु भएको केहि मिनेटमै तामाकोशीको शेयर मूल्य अस्वभाबिक रुपमा बढेको देखिएको थियो ।

सोमबार बजार खुल्दा तामाकोशी शेयर मूल्य प्रति शेयर ५० प्रतिशत अर्थात ११२ रुपैयाँले बढेर ३३६ रुपैयाँ कायम थियो । कुनै पनि कम्पनीको शेयर मूल्य एक दिनमा १० प्रतिशत भन्दा धेरैले वृद्धि हुन पाउदैन् । नेप्सेको सिस्टमले एक्कासी उच्च मूल्य देखाए पछि लगानीकर्ता अलमलमा परेका थिए । पूर्ण स्वचालित अनलाईन प्रणाली सुरु गरेयता नेप्सेले यस्ता गल्ति बारम्बार गरिरहेको छ । कहिले कुल कारोबार रकम र उपसूचकहरुको कारोबार जोड्दा आउने रकम फरक देखिन्छ त कहिले बजार पूँजीकरणको रकम पनि गलत देखिन्छ ।

मार्केट डेफ्थमा त झनै ठूलो समस्या छ । लगानीकर्ताहरुले बारम्बार प्रश्न गर्दा नेप्से प्राविधिक कमजोरी भएकोले सच्याइने छ भनेर उम्कने गरेको छ । जनताको पैसा माथि खेलबाड हुँदा नेप्से एउटा प्रतिक्रिया दिएर उम्कन पाउँदैन । यस विषयमा नेप्से गंभिर भएको पनि देखिएन । लगानीकर्ताको वर्षौं देखिएको माग र दवाव पछि ल्याईएको अनलाईन प्रणालीप्रति उठेका प्रश्नको जवाफ नेप्सेले दिनु पर्दछ । महंगो प्रविधि भित्र्याएको दाबी गर्ने नेप्सेले प्रणालीमा देखिएका यस्ता गंभिर लापरबाहीलाई आगामी दिनमा जारी राखे नेप्सेको विश्वसनियतामाथि लगानीकर्ताले प्रश्न गर्ने ठाउँ रहन्छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।