logo

माथिल्लो तामाकोशीलाई नेप्सेद्वारा दोस्रो बजारमा शेयर कारोबार गर्न सिम्बोल प्रदान

    1441   पटक पढिएको

२९ पुस/ अर्थ र व्यापार - माथिल्लो तामाकोशीको प्राथमिक शेयर ७४ रुपैयाँदेखि २२४ रुपैयाँको रेन्जमा कारोबार हुने भएको छ । बिहीबार सूचिकृत भएको तामाकोशीको शेयर पहिलो पटक कारोबार गर्न ७४.८९ रुपैयाँदेखि २२४.६७ रुपैयाँको विचको रेञ्ज नेप्सेले तय गरेको छ ।

कम्पनीको शेयर “upper“ सिम्बोल मार्फत दोस्रो बजारमा कारोबार गर्न सकिने छ । दोस्रो बजारमा शेयर कारोबार गर्न नेप्सेले निश्चित सिम्बोल दिने गर्छ । सोहि अनुरुप लगानीकर्ताले शेयर कारोबार गर्न सक्छन् ।  कम्पनीले बिहीबार नेपाल स्टक एक्सचेन्जमा १० करोड ५९ लाख कित्ता शेयर सूचिकृत गरेको थियो । त्यही शेयर दोस्रो बजारमा आइतबारदेखि कारोबार गर्न पाइनेछ। जसमध्ये प्रभावित क्षेत्रका लागि निष्काशन गरेको १० प्रतिशत शेयर तीन वर्षका लागि लक गरिएको छ । 

कम्पनीले सञ्चयकर्ताको लागि तीन वर्ष अगाडि तीन वर्षकै लागि लकिङ पिरियड तोकेर शेयर जारी गरेको थियो । तर सर्वसाधारणलाई शेयर जारी गरि दोस्रो बजारमा सूचिकृत हुँदासम्म तीन वर्ष वितिसकेकोले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले पनि दोस्रो बजारमा कारोबार गर्न सक्ने छन् । सञ्चयकर्ताको शेयर दोस्रो बजारमा सूचिकृत भए पनि डिम्याट नभएको हुँदा सबैले गर्न पाउँदैनन् । कम्पनीले केही दिनमा नै डिम्याटको प्रकृया अगाडि बढाउने जनाएको छ । डिम्याट भएपछि मात्रै शेयरधनीहरुले शेयर खरिद बिक्री गर्न पाउने छन् । 

कम्पनीको तीन चरणमा सार्वजनिक शेयर जारी गरेको थियो । पछिल्लो समय सर्वसाधारणको लागि प्राथमिक शेयर जारी गरेसँगै कम्पनीको शेयर कारोबार हुने भएको हो । दोस्रो बजारमा सूचिकृत भएसँगै माथिल्लो तामाकोशी सबैभन्दा धेरै शेयरधनी भएको कम्पनी हुने छ । कम्पनीमा ८ लाखभन्दा धेरै शेयरधनी हुने छन् । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।