logo

माथिल्लो तामाकोशीलाई नेप्सेद्वारा दोस्रो बजारमा शेयर कारोबार गर्न सिम्बोल प्रदान

    1178   पटक पढिएको

२९ पुस/ अर्थ र व्यापार - माथिल्लो तामाकोशीको प्राथमिक शेयर ७४ रुपैयाँदेखि २२४ रुपैयाँको रेन्जमा कारोबार हुने भएको छ । बिहीबार सूचिकृत भएको तामाकोशीको शेयर पहिलो पटक कारोबार गर्न ७४.८९ रुपैयाँदेखि २२४.६७ रुपैयाँको विचको रेञ्ज नेप्सेले तय गरेको छ ।

कम्पनीको शेयर “upper“ सिम्बोल मार्फत दोस्रो बजारमा कारोबार गर्न सकिने छ । दोस्रो बजारमा शेयर कारोबार गर्न नेप्सेले निश्चित सिम्बोल दिने गर्छ । सोहि अनुरुप लगानीकर्ताले शेयर कारोबार गर्न सक्छन् ।  कम्पनीले बिहीबार नेपाल स्टक एक्सचेन्जमा १० करोड ५९ लाख कित्ता शेयर सूचिकृत गरेको थियो । त्यही शेयर दोस्रो बजारमा आइतबारदेखि कारोबार गर्न पाइनेछ। जसमध्ये प्रभावित क्षेत्रका लागि निष्काशन गरेको १० प्रतिशत शेयर तीन वर्षका लागि लक गरिएको छ । 

कम्पनीले सञ्चयकर्ताको लागि तीन वर्ष अगाडि तीन वर्षकै लागि लकिङ पिरियड तोकेर शेयर जारी गरेको थियो । तर सर्वसाधारणलाई शेयर जारी गरि दोस्रो बजारमा सूचिकृत हुँदासम्म तीन वर्ष वितिसकेकोले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले पनि दोस्रो बजारमा कारोबार गर्न सक्ने छन् । सञ्चयकर्ताको शेयर दोस्रो बजारमा सूचिकृत भए पनि डिम्याट नभएको हुँदा सबैले गर्न पाउँदैनन् । कम्पनीले केही दिनमा नै डिम्याटको प्रकृया अगाडि बढाउने जनाएको छ । डिम्याट भएपछि मात्रै शेयरधनीहरुले शेयर खरिद बिक्री गर्न पाउने छन् । 

कम्पनीको तीन चरणमा सार्वजनिक शेयर जारी गरेको थियो । पछिल्लो समय सर्वसाधारणको लागि प्राथमिक शेयर जारी गरेसँगै कम्पनीको शेयर कारोबार हुने भएको हो । दोस्रो बजारमा सूचिकृत भएसँगै माथिल्लो तामाकोशी सबैभन्दा धेरै शेयरधनी भएको कम्पनी हुने छ । कम्पनीमा ८ लाखभन्दा धेरै शेयरधनी हुने छन् । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।