logo

युनियन लाइफले असार २४ गतेबाट आईपीओ जारी गर्ने

    1574   पटक पढिएको


१६ असार/अर्थ र व्यापार– युनियन लाइफ इन्स्योरेन्स लिमिटेडले असार २४ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । 

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । अहिले कम्पनीको जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ । यसको ३० प्रतिशत साधारण सेयर जारी गर्न लागिएको हो । 

कम्पनीले ३ लाख २२ हजार ५०० कित्ताका दरले कर्मचारी र सामूहिलक लगानी कोषलाई सेयर छुट्याएको छ । बाँकी ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणमा जारी गर्नेछ ।

कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम ३२ हजार २५० कित्ताका लागि आवेदन दिन सकिन्छ । अहिले कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ७३ करोड ७ लाख १४ हजार रहेको छ भने जीवन बीमा कोषमा रू. ६ अर्ब ९० करोड २ लाख १० हजार रहेको छ । यस अवधिसम्म कम्पनीले रू. ८ करोड २५ लाख ९ हजार खुद नाफा गरेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म रू. ५ अर्ब २४ करोड १६ लाख २३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । 

कम्पनीको आईपीओमा छिटोमा असार २८ गतेसम्म र ढिलोमा साउन ७ सम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको संस्थापक सेयरधनीहरुमा गोल्छा ग्रुप, जगदम्बा ग्रुप, राजेश हार्डवेयर, गाडिया ग्रुप, न्यौपाने ग्रुप र टिबरेवाला ग्रुप रहेका छन् । हाल ७० प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।