logo

सबैभन्दा बढी मूल्य रहेको युनिलिभरको सेयर मूल्य लगातार भारी अंकले गिरावट

    1656   पटक पढिएको

१० माघ /अर्थ र व्यापार - बिहीबार कारोबार शुरु भएको ४० मिनेटमै युनिलिभरको प्रतिकित्ता सेयर मूल्य ८११ रुपैयाँले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बिहीबार ११ बजेर ४० मिनेट जाँदा युनिलिभरको एक कित्ता सेयरको मूल्य १९ हजार ६ सय ८९ रुपैयाँमा झरेको छ ।

सेयर बजारमा सूचिकृत कम्पनीमा सबैभन्दा बढी मूल्य रहेको युनिलिभरको सेयर मूल्य लगातार भारी अंकले घटेको छ । मंगलबार एकैदिन प्रतिकित्ता १७ सय रुपैयाँले घटेको मूल्य बुधबार ६ सय रुपैयाँले घटेको थियो । बिहीबार कारोबार शुरु भएको ४० मिनेटमै युनिलिभरको प्रतिकित्ता सेयर मूल्य ८११ रुपैयाँले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बिहीबार ११ बजेर ४० मिनेट जाँदा युनिलिभरको एक कित्ता सेयरको मूल्य १९ हजार ६ सय ८९ रुपैयाँमा झरेको छ ।

मंगलबार कारोबार बन्द हुँदा युनिलिभरको सेयर मूल्य २११०९ रुपैयाँमा झरेको थियो भने बुधबार २० हजार ५०० रुपैयाँमा झरेको थियो । सिमित व्यक्तिसँग मात्र रहेको युनिलिभरमा लगानीकर्ताको आकर्षण भनेको घटेको छ । खासगरी उसले उत्पादन गर्ने वस्तुमा रामदेवको उत्पादनले दिएको टक्करको कारण यसको बिक्रीमा असर गरेको छ ।

संचालन लागत बढ्दा प्रतिफल समेत घटेको छ । जसको कारण युनिलिभरले गतवर्षको नाफाबाट पछिल्लो ५ वर्षकै कम प्रतिसेयर ७०० रुपैयाँ लाभांश दिएको थियो । त्यसअघिका वर्षहरुमा युनिलिभरले १०००र१२०० प्रतिशत लाभांश दिन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।