logo

मंगलबार सेयर बजार ९ दशमलब ७९ अंकले बढ्यो

    1468   पटक पढिएको

२७ असार / अर्थ र व्यापार – मंगलबारको सेयर बजारमा साँढे ९९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४९ कम्पनीको १९ लाख ३० हजार कित्ता सेयर करिब ९९ करोड ६३ लाख रुपैयाँमा सेयर किनबेच भएको छ । 

बजारमा सबैभन्दा बढी नबिल बैंकको प्रमोटर सेयर बिक्री भएको छ । सो बैंकको एकैदिन २४ करोड ६१ लाख रुपैयाँ बढीको प्रमोटर सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११२४ रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १९ रुपैयाँले बढी हो । त्यस्तै, यस बैंकको प्रमोटर सेयर ११०० रुपैयाँदेखि ११३४ रुपैयाँ सम्ममा किनबेच भएको छ ।

मंगलबारको नेप्से परिसूचक ९ दशमलब ७९ अंकले बढेर १५८५ अंकमा पुगेको छ । करिब दोहोरो अंकले बढेको बजा1रमा कारोबार भएका सबै समूहको परिसूचक हरिया देखिएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६० अंकले उकालो लागेको छ । त्यस्तै, होटल, हाइड्रोपावर र विकास बैंक समूहको परिसूचक क्रमशः ३५, १५ र १३ अंकले उकालो लागेका छन् ।

बजारमा दुई बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था र कुबेर मर्चेन्ट फाइनान्सको सेयर मूल्य क्रमशः ९.९८ र ९.६२ प्रतिशतले वृद्धि भएका छन् ।

उता नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको मूल्य करिब ९.०९ प्रतिशतले घटेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।