logo

मंगलबार शेयर बजारमा ३.०१ अंकको गिरावट

    1409   पटक पढिएको

२० असार / अर्थ र व्यापार – चालु आर्थिक बर्षको समाप्ति निकट आउँदा शेयर बजारको ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । मंगलबार शेयरबजार थोरै अंकले घटे पनि कारोबार रकम भने औषत अनुपातमा निकै तल झरेको छ । मंगलबार शेयर बजार ३.०१ अंकले घटेर १५४१.२८ अंकमा झरेको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३७ अंकले घटेर ३२७.०८ अंकमा ओर्लिएको छ ।

१४२ कम्पनीको सेयर खरिद बिक्रि हुँदा कारोबार रकम भने ३७ करोड ५९ लाख रुपैयाँमा सिमित भएको हो । रकमसँगै खरिद बिक्री हुने शेयर संख्यामा पनि गिरावट आएको छ । चार घण्टाको जम्मा ६ लाख ६४ हजार कित्ता मात्र शेयर कारोबार भएको हो । नेप्से उचाईमा पुगेको बेला २० लाख कित्ता शेयर कारोबार हुनुलाई सामान्य मानिन्थ्यो । कारोबार रकम र शेयर संख्याको समेत गिरावटले लगानीकर्ता यतिखेर पर्ख र हेरको अबस्थामा रहेको प्रस्ट्याएको छ । 

मंगलबार उपसुचक मिस्रित देखिएका छन् । बैंक २.०६, विकास बैंक ४.०१, जलबिद्युत १३.४८, बीमा ३३.३६ र  उत्पादन मुलक ३.२६ अंकले घटेका छन्। होटल १५.३४ र फाइनान्स ०.११ अंकले बढेका छन् भने अन्य समूहमा कुनै फेरबदल भएन ।

मंगलबार मात्रै ६ वटा कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । सो दिन सबैभन्दा बढी हकप्रद सेयर सूचिकृत भएको छ । बजारमा एक करोड ८४ लाख ४७ हजार ५३६ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ भने १२ लाख १३ हजार ४१६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । 

मंगलबार ज्योति विकास बैंकको ७६ लाख ६५ हजार ६६३ कित्ता, गरिमा विकास बैंकको ८७ लाख ३० हजार ३७८ कित्ता र प्रभु इन्स्योरेन्सको १९ हजार २५ हजार ७८ कित्ता हकप्रद सेयर थपिएको छ । त्यस्तै, नागबेली लघुवित्त विकास बैंकको एक लाख २६ हजार ४१७ कित्ता हकप्रद र एक लाख ५० हजार कित्ता बोनस सेयर थपिएको छ । महालक्ष्मी विकास बैंकको ९ लाख १३ हजार ४१६ कित्ता र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको १ लाख ५० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

आज फर्वार्ड माइक्रोफाइनान्सका शेयरधनीले करिब नौ प्रतिशत कमाएका छन् भने सिर्जना फाइनान्सका शेयर धनीले करिब ६ प्रतिशत गुमाएका छन् ।                 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।