logo

मंगलबार सेयरबजारमा २.६३ अंकको  गिरावट

    1402   पटक पढिएको


१३ असार / अर्थ र व्यापार – मंगलबार सेयर बजार परिसूचक नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । निरन्तर ओरालो लागेको बजारमा आइतबार सामान्य सुधार आएको भएपनि मंगलबार भने पुन ओरालो लागेको हो । कारोबारमा आएका अधिकांस समूहको सूचकमा गिरावट आएपछि समग्र बजार घटेको हो ।
मंगलबार नेप्से २.६३ अंकले घटेर १५६५.०९ विन्दुमा झरेको छ । कुल १५१ कम्पनीको कारोबार भएको बजारमा ६१ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । आइतबारको तुलनामा कारोबार रकम १२ करोडले घटेको छ । यसदिन समग्र बजार पूँजीकरण १८ खर्ब ३३ अर्ब कायम भएको छ । 
विकास बैंक,विमा र अन्य समूहका सूचक सामान्य बढेपनि अन्य सबै सूचक ओरालो लागेका छन ।
मंगलबारको बजारमा हिमालयन जनरल इन्स्योरेन्सको सबैभन्दा बढी ५ करोड १४ लाख बराबरको कारोबार भयो । लुम्बिनी जनरल इन्स्योरेनसको ४ करोड ६१ लख बराबरको सेयर खरिदबिक्री हुँदा स्ट्याण्र्डड चार्टर्ड र नेपाल बैंकको पनि ३ करोड बढीको कारोबार भयो ।
यसदिन राष्ट्रिय विमा संस्थानको संस्थापक सेयर र फरर्वाड वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतले उकालो लागेको छ । लुम्बिनी जनरल इन्स्योरेनस, नेशनल माइक्रोफाइनान्स लगायतको कम्पनीको सेयरमूल्य पनि बढेको छ ।
वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले झण्डै दश प्रतिशतको हाराहारीमा गुमाएको बजारमा सप्तकोशी डेभलपेमन्ट बैंक, रिलायन्स फाइनान्स, युनाईटेड फाइनान्स, अरुण फाइनान्स लगायतका कम्पनी धेरै गुमाउनेमा परे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।