logo

मंगलबार शेयर बजारमा २१.०६ अंकको गिरावट

    1728   पटक पढिएको

२७ भदौ / अर्थ र व्यापार – मंगलबार शेयर बजार पाँच महिना यताकै न्यून बिन्दुमा पुगेको छ । शेयर बजार दोहोरो अंकले घट्दा सूचक १५०२.२० अंकमा ओर्लिएको छ । गएको १० चैतमा शेयर बजार १४८६.०४ अंकमा थियो । त्यसपछि बिस्तारै बढेको बजारले चैत ३० गते यस वर्षको सर्वाधिक १७०३.०३ अंक छोएको थियो ।

त्यसयता लगातार घटेको बजार पाँच महिना पहिलेको न्युन अंकमा फर्किएको हो । लाभांश घोषणाको सिजन सुरु भएदेखिनै घट्न थालेको शेयर बजार एक महिनामा १४२ अंकले घटिसकेको छ । मंगलबार सूचक २१.०६ अंकले घटेको छ । सूचकसंगै कारोबार रकममा समेत संकुचन आएको छ । करिब एक अर्ब रुपैयाँको कारोबार हुँदै आएको बजारमा कारोबार रकम करिब ५७ करोडमा झरेको छ । 

पछिल्लो समय शेयर बजारमा महिलाको उपस्थिति कम हुँदै गएको कारण बजार घटेको हो । बजारमा नियमनकरी निकायका पदाधिकारीहरुले शेयर खरिद बिक्री गर्न परिवारका सदस्यलाई ल्याउने गरेको खबर सार्वजनिक भएसंगै उनीहरुको बजारमा उपस्थिति पातलिँदै गएको छ । साथै उनीहरुले छानबिनको प्रक्रियामा परिन्छ भन्ने डरले बिक्री चाप बढाउँदा बजार घटेको हो ।   

बजार बढ्दा लगानीकर्तालाई सचेत हुन आग्रह गर्ने नियामकले बजार घट्दा केहि नबोलेकोमा लगानीकर्ता आक्रोशित भएका छन् । तुरुन्तै लगानीकर्ताको लागि नियामकले सम्बोधन गर्नुपर्ने छ । कारोबारमा आएका आठ समूहमध्ये सात समूहमा गिरावट देखिएको छ भने अन्य २.६१ अंकले बढेको छ । उत्पादनमूलक समूहमा कुनै फेरबदल भएन । बैंक १८.४८, होटल ४२.५३, विकास बैंक २९.८२, जलबिद्युत १५.५७, फाइनान्स १४.९ र बीमा १८५.१ अंकले घटेको छ ।

मंगलबार युनाइटेड फाइनान्सको १९ प्रतिशत बोनस शेयर घोषणा र रणनीतिक साझेदार भित्र्याउने खबरको प्रभाव पर्दा बजारमा कम्पनीको प्रति शेयर मूल्य १० प्रतिशतले बढेको छ । यता कामना सेवा विकास बैंकका शेयरधनीले सबैभन्दा बढी करिव १० प्रतिशत गुमाएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।