logo

मंगलबार सेयर बजार ७ दशमलब ११ अंकले बढ्यो

    1273   पटक पढिएको

१० साउन / अर्थ र व्यापार – बीमा क्षेत्रले उचाल्दा सेयर बजार घट्नबाट जोगिएको छ । मंगलबार सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको १० करोड २९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । सो दिन यस कम्पनीको प्रमोटर सेयर प्रतिकित्ता १५३६ रुपैयाँमा कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १० प्रतिशत बढी हो ।

त्यस्तै, यस कम्पनीको पब्लिक सेयर प्रतिकित्ता १६,२६९ देखि १७,५४५ रुपैयाँसम्ममा किनबेच भएको छ । बजार बन्द हुँदा कम्पनीको पब्लिक सेयर प्रतिकित्ता १७५४५ रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १५९५ रुपैयाँले बढी हो ।

मंगलबारको सेयर बजारमा ९४ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५६ कम्पनीको १३ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ । समग्रमा नेप्से परिसूचक ७ दशमलब ११ अंकले बढेर १६३६ अंकमा पुगेको छ ।

त्यस्तै, बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १५७ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ७९ र १८ अंकले बढेका छन् । उता बैंकिङ र अन्य समूहको परिसूचक भने सामान्य अंकले ओरालो लागेका छन् ।

बैकिङ र अन्य सुचकमा गिरावट आउँदा पनि शेयर बजार बढेको हो । बैंकिङ उपसुचक ०.४ र अन्य ३.१८ अंकले घटेको छ । व्यापार समूह १.३५, होटल ८.३९, विकास बैंक ६.४८, जलबिद्युत १८.०३, फाइनान्स ६.९६ उत्पादनमुलक ७९.८५ अंकले बढेको छ ।

आज राष्ट्रिय बीमा कम्पनीका शेयर धनीले सबैभन्दा बढी १० प्रतिशत कमाएका छन् । चार प्रतिशत सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले गुमाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।