logo

मंगलबार सेयरबजार ३४.२६ अंकले बढ्यो

    1383   पटक पढिएको

३ साउन / अर्थ र व्यापार – नयाँ आर्थिक वर्ष सुरु भएयता हरियाली छाएको सेयरबजारमा तेस्रो दिनको कारोबारमा पनि उच्च वृद्धि आएको छ । मंगलबार नेप्से २.१४ प्रतिशतले उकालो लागेको छ भने अघिल्लो दिनको समग्र बजार पूँजीकरण ४० अर्बले बढेको छ । मंगलबार नेप्से ३४.२६ अंकले बढेर १६३८.४१ विन्दुमा पुगेकोे छ । कारोबारमा सबै समूहका सूचक बढेपछि बजारमा उच्च सुधार आएको हो ।

यसदिन बीमा समूहको सूचक सबैभन्दा बढी ४१६.६३ अंकले बढको छ । त्यस्तै वाणिज्य बैंक समूह २१.२५, होटल ६१.५२, विकास बैंक २५.२, जलविद्युत ३८.९९, वित्त ५.९५, उत्पादन समूह २०.७२ र अन्य समूह भने ०.५८ अंकले बढेका छन । १५५ कम्पनीको कारोबार भएको बजारमा १९ लाख ३५ हजार कित्ता सेयर एक अर्ब २१ करोड १७ लाख रुपैयाँ बराबरमा किनबेच भए । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५२ करोडले बढी हो ।

३४ अंकले बजार बढेपछि समग्र बजारपूँजीकरण १९ खर्ब २२ अर्ब पुगेको छ । सेयरबजारका लगानीकर्ताको सम्पत्ति एकैदिन ४० अर्बले बढेको छ । अघिल्लो साता सेयर कारोबारको कमिशनमा भ्याट लाग्ने नलाग्ने भन्ने बहसले लगानीकर्ता अलमलमा परेका थिए । तत्काल सेयर कारोबारको कमिशनमा भ्याट नलगाइने भएपछि बजारले सकारात्मक बाटो समाएको हो ।

मंगलबारको सेयरबजारमा पाँच कम्पनीको सेयरमूल्य झण्डै दश प्रतिशतले बढेको छ । हिमालयन डिष्टिलरी, एनबी इन्स्योरेन्स, कुवेर मर्चेन्ट फाइनान्स, राष्ट्रिय वीमा कम्पनी, प्रोगेशिभ फाइनान्स लगायतको सेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ । रिलायन्स फाइनान्स, सगरमाथा इन्स्योरेन्स तथा फरवार्ड माइक्रो फाइनान्स लगायतका कम्पनीको सेयरमूल्य बढेको छ । 

यसदिन ओम डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ९ प्रतिशत बढीले झरेको छ । वल्र्ड मर्चेन्ट, एनआईबीएल प्रगति फण्ड, विजय लघुवित्त, रिलायबल्स वित्तीय संस्था तथा सिन्धु विकास बैंक लगायतको सेयरमूल्य घटेको छ । उच्च अंकले बढेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ९ करोड २९ लाख बढीको सेयरको किनबेच भएको छ । फरवार्ड माइक्रो, इन्भेष्टमेन्ट बैंक संस्थापक, नबिल बैंक संस्थापक तथा नेशनल लाइफ लगायतको धेरै कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।