logo

मंगलबार सेयरबजार ३४.२६ अंकले बढ्यो

    1681   पटक पढिएको

३ साउन / अर्थ र व्यापार – नयाँ आर्थिक वर्ष सुरु भएयता हरियाली छाएको सेयरबजारमा तेस्रो दिनको कारोबारमा पनि उच्च वृद्धि आएको छ । मंगलबार नेप्से २.१४ प्रतिशतले उकालो लागेको छ भने अघिल्लो दिनको समग्र बजार पूँजीकरण ४० अर्बले बढेको छ । मंगलबार नेप्से ३४.२६ अंकले बढेर १६३८.४१ विन्दुमा पुगेकोे छ । कारोबारमा सबै समूहका सूचक बढेपछि बजारमा उच्च सुधार आएको हो ।

यसदिन बीमा समूहको सूचक सबैभन्दा बढी ४१६.६३ अंकले बढको छ । त्यस्तै वाणिज्य बैंक समूह २१.२५, होटल ६१.५२, विकास बैंक २५.२, जलविद्युत ३८.९९, वित्त ५.९५, उत्पादन समूह २०.७२ र अन्य समूह भने ०.५८ अंकले बढेका छन । १५५ कम्पनीको कारोबार भएको बजारमा १९ लाख ३५ हजार कित्ता सेयर एक अर्ब २१ करोड १७ लाख रुपैयाँ बराबरमा किनबेच भए । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५२ करोडले बढी हो ।

३४ अंकले बजार बढेपछि समग्र बजारपूँजीकरण १९ खर्ब २२ अर्ब पुगेको छ । सेयरबजारका लगानीकर्ताको सम्पत्ति एकैदिन ४० अर्बले बढेको छ । अघिल्लो साता सेयर कारोबारको कमिशनमा भ्याट लाग्ने नलाग्ने भन्ने बहसले लगानीकर्ता अलमलमा परेका थिए । तत्काल सेयर कारोबारको कमिशनमा भ्याट नलगाइने भएपछि बजारले सकारात्मक बाटो समाएको हो ।

मंगलबारको सेयरबजारमा पाँच कम्पनीको सेयरमूल्य झण्डै दश प्रतिशतले बढेको छ । हिमालयन डिष्टिलरी, एनबी इन्स्योरेन्स, कुवेर मर्चेन्ट फाइनान्स, राष्ट्रिय वीमा कम्पनी, प्रोगेशिभ फाइनान्स लगायतको सेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ । रिलायन्स फाइनान्स, सगरमाथा इन्स्योरेन्स तथा फरवार्ड माइक्रो फाइनान्स लगायतका कम्पनीको सेयरमूल्य बढेको छ । 

यसदिन ओम डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ९ प्रतिशत बढीले झरेको छ । वल्र्ड मर्चेन्ट, एनआईबीएल प्रगति फण्ड, विजय लघुवित्त, रिलायबल्स वित्तीय संस्था तथा सिन्धु विकास बैंक लगायतको सेयरमूल्य घटेको छ । उच्च अंकले बढेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ९ करोड २९ लाख बढीको सेयरको किनबेच भएको छ । फरवार्ड माइक्रो, इन्भेष्टमेन्ट बैंक संस्थापक, नबिल बैंक संस्थापक तथा नेशनल लाइफ लगायतको धेरै कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।