logo

बिहिबार सेयर बजार ५ अंकले बढ्यो

    1398   पटक पढिएको

१ असार / अर्थ र व्यापार- अघिल्लो सातादेखि ओरालो लागेको सेयरबजारमा यो साताको अन्तिम दिन विहीबारको कारोबारमा भने सामान्य सुधार आएको छ । साताको अन्तिम दिन भने सेयर बजारमा हरियो रङ्ग पोतिएको छ । सुचक ५ अंकले बढेपनि १६०० अंक भेटाउन अझै ११ अंकको दूरी बाँकी छ । कारोबार रकममा पनि सुधार देखिएको छ । दिनभरीमा १५१ कम्पनीको ६७ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।अन्य वाहेक सबै उपसुचकहरु हरिया देखिएका छन ्।
 
खासगरी बैंकिङ र बिमाले बजारलाई टिकाएको थियो । दिनभरीमा बैंक सुचक साढे पाँच, बबिमा सुचक सवा ११ अंक हाराहारीले बढेको छ । होटल २०, विकास बैक साढे ११, जलविद्युत डेढ, फाइनान्स साढे तीन अंकले बढेका छन् । उत्पादनमूलक सुचक ८ अंकले उक्लिएको छ भने अन्य सुचक करिव ३ अंकले झरेको छ ।
 
बढेको बजारलाई लिड भने दुई बिदेशी बैंकले गरेका छन ्। एभरेष्ट बैंकको ६ करोड २१ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकको पाँच करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले १० प्रतिशत हाराहारी कमाएका छन ्। बढि कमाउनेमा नेशनल माइक्रोफाइनान्सका लगानीकर्तासमेत छन ्। सबैभन्दा वढि ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन ्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।