logo

बिहीबार सेयर बजार ३७.११ अंकले बढ्यो

    1313   पटक पढिएको

२९ भदौ / अर्थ र व्यापार – १५०० अंकबाट तल ओर्लिएको सेयर बजारको चमक आएको छ । सेयर बजार बिहीबार ३७.११ अंकले बढेर १५३०.३१ अंकमा उक्लिएको छ । बिहिबार बजार १४९३ अंकमा ओर्लिएको थियो । 

गत बिहिबार १५५४ अंकमा रहेको बजार बुधबारसम्म ६१ अंकले घटेर १४ सय अंकको लाइनमा ओर्लिएको थियो । कारोबारको सुरुवातदेखि नै बढ्न सुरु गरेको बजार बिहीबार कारोबारको अन्तिम समयसम्मै बढेर बन्द भएको हो ।

सूचकमा वृद्धि देखिए पनि कारोबार रकम औसत देखिएको छ । पछिल्लो समय बजारमा एक अर्ब हाराहारीको कारोबार हुने गरेको भएपनि बिहीबार ६३ करोड रुपैयाँमा कारोबार रकम समेटिएको छ । १६१ कम्पनीका ११ लाख ७० हजार कित्ता शेयर किनबेच भएको थियो। सबैभन्दा बढि नेपाल लाइफको तीन करोड रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका सबै उपसुचक बढेका छन् । बैंकिङ ३६.९७, ट्रेडिङ् १७.१४, होटल ४३.६, विकास बैंक २३.९१, जलबिद्युत १५.०२, फाइनान्स २६.३९, बीमा २४९.०८, उत्पादन मुलक ३४.११ र अन्य १०.४१ अंकले बढेको छ ।

आजदेखि कारोबार खुलेको विशाल बजार कम्पनीको सबैभन्दा बढि मूल्य १० प्रतिशत बढेको छ । नेशनल माइक्रोफाइनान्सको करिब १० प्रतिशतनै मूल्य घटेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।