logo

बिहिबार शेयर बजारमा ४.८९ अंकको गिरावट

    1449   पटक पढिएको

२९ असार / अर्थ र व्यापार – चालु आर्थिक वर्षको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । कारोबार रकम औषत मात्रै भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ४.८९ अंकले घटेर १५८२.६७ अंकमा ओर्लिएको छ । ’क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.८८ अंकले घटेर ३३६.०४ अंकमा झरेको छ । 

बिहिबार १५० कम्पनीका २० लाख ४० हजार कित्ता शेयर कारोबार भए । नेप्सेका अनुसार ७४ करोड ६२ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । बिहिबार फरवार्ड माइक्रोफाइनान्सको शेयर सबै भन्दा बढी कारोबार भयो । बजार मूल्य बढेपछि पर्याप्त खरिद बिक्रि भएको हो। कम्पनीको प्रति कित्ता शेयर मूल्य ३३ सय ८४ सम्म पुगेको थियो ।

तर बजारमा पर्याप्त बिक्रि आदेश आउन थालेपछि शेयर मूल्य घट्न सुरु गर्यो । कारोबारको अन्तमा २.३७ अंकको बढोत्तरीसँगै ३२ सय २१ रुपैयाँमा अन्तिम कारोबार भयो ।

कम्पनीले आज करिब १३ करोड रुपैयाँको कारोबार गर्दै कारोबार रकमको आधारमा पहिलो भएको छ । आज कारोबारमा आएका आठ समुहमा सात समुहमा गिरावट आएको छ भने अन्यमा ११.८६ अंकको वृद्धि देखिएको छ । बैंक ४.७३, होटल ३४.३२, विकास बैंक ५.९७, जलबिद्युत ६.४२, फाइनान्स ७.०१, बीमा ५३.६७ र उत्पादन मुलक ३४.४१ अंकले घटेको छ । 

आज पाँच कम्पनीले करिब १० प्रतिशत कमाएका छन् । कमाउने कम्पनीमा सबैभन्दा अगाडी कुबेर मर्चेन्ट छ भने गुमाउने कम्पनी मिथिला लघुवित्त कम्पनी छ । मिथिलाले करिब ६ प्रतिशत गुमाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।