logo

बिहीबार शेयर बजार ४.८० अंकले बढ्यो

    1676   पटक पढिएको

८ असार / अर्थ र व्यापार - साताको अन्तिम दिन बिहीबार शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचकसँगै कारवबार रकममा पनि सुधार आएको छ । प्रभु बैंकको संस्थापक शेयर खरीद बिक्रीले कारोबार रकमलाई उकासेको हो । बैकिङ सुचकमा आएको बृद्धिले नेप्सेलाई उचालेको हो । ४.८० अंकको बढोत्तरीसँगै नेप्से सूचक १५५९.४९ अंकमा पुगेको छ । 
 
१५५३.३१ अंक बाट सुरु भएको बजार पौने एक बजे १५६५ अंकसम्म उक्लिएको थियो । त्यसपछि बजारले आफ्नो गति फेर्यो । अन्त्यमा बजार १५५९.४९ अंकमा खुम्चिएको हो ।ढर
 
बिहीबार १३९ कम्पनीका १५ लाख ७७ हजार कित्ता शेयर ६७ करोड १८ लाख रुपैयाँमा खरीद बिक्री भएका छन् । आज सबैभन्दा बढि प्रभु बैंकको संस्थापक सेयर खरीदबिक्री भएको छ । १९० रुपैयाँ प्रति कित्ताका दरले १४ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । यसपछि एभरेष्ट बैंक चार करोड १५ लाख रुपैयाँको किनबेच भएको छ ।घत्तेडढ
 
आठ समुहको कारोबारमा सात समुहमा वृद्धि देखिएको छ भने बीमा ३३.७५ अंकले घटेको छ । बैंक ६.०१, होटल १९.८६, बिकास बैंक ११.३६, जलबिद्युत १२.७३, फाइनान्स ३.८४, उत्पादनमुलक ३.४९ र अन्य ०.२९ अंकले बढेको छ ।
 
युनाइटेड फाइनान्सका शेयरधनीले सबैभन्दा बढी ६ प्रतिशत कमाएका छन् भने सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले करिब सात प्रतिशत गुमाएका छन्।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।