logo

बिहीबार सेयरबजारमा ११.९५ अंकको गिरावट

    1302   पटक पढिएको

२२ भदौ / अर्थ र व्यापार – बुधबार दोहोरो अंकले उक्लिएको शेयर बजारको बृद्धि एक दिन पनि टिक्न सकेन् । कारोबारमा आएका सबै उपसूचकमा गिरावट आउँदा बिहीबार बजार घटेको हो । साताको अन्तिम दिन बिहीबार ११.९५ अंकले घटेर नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १५५४.५५ अंकमा झरेको छ । बुधबार सूचक ११.९४ अंकले बढेर १५६६.५० अंकमा पुगेको थियो । बुधबार बजार खुल्दाकै अवस्थामा बिहीबार बजार बन्द भएको हो ।

मुख्य सूचकलाई पछ्याउँदै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इनेक्स २.२० अंकले घटेर ३२६.०१ अंकमा ओर्लिएको छ । बुधबार यो सूचक २.७२ अंकले बढेर ३२८.२१ अंकमा पुगेको थियो । बिहीबार कारोबारको सुरुवाती एक घण्टा करिब चार अंकले बढेको बजार त्यसपछी भने निरन्तर घटेर बन्द भएको हो ।   

बजारमा तरलता समस्या हट्दै गएको र ब्याजदर खुकुलो बन्दै गएपनि खासै टेवा पाउन सकेन । बिहिबार १५७ कम्पनीका १२ लाख ८५ हजार कित्ता शेयर ७३ करोड  ४९ लाख रुपैयाँमा खरिद बिक्रि भए । बुधबारको तुलनामा १० करोड रुपैयाँले कारोबार रकम घटेको हो ।

बिहिबार नबिल बैंकले करिब पाँच करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । बैंकको बोनस शेयर सुरक्षित गर्ने बुक क्लोज मिति नजिकिदै गर्दा लगानिकर्ताले शेयर खरिद बिक्रीमा चाप बढाएका हुन ।

साताको अन्तिम कारोबार दिन बैंक ९.२४, होटल ११.१५, विकास बैंक ५.५, जलबिद्युत २३.७४, फाइनान्स ५.४७, बीमा ११४.८६, उत्पादनमुलक २४.१३ र अन्य ४.०५ अंकले घटेको छ । सबैभन्दा बढी सिन्धु विकास बैंकका शेयरधनीले करिब आठ प्रतिशत कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकको शेयर करिब ६ प्रतिशतले घटेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।