logo

तीन कम्पनीले पठाए शेयरधनीको बैंक खातामा नगद लाभांश

    1108   पटक पढिएको

१८ पुष / अर्थ र व्यापार -  तीन कम्पनीहरुले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएका छन् । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, निर्धन उत्थान लघुवित्त र चौतारी लघुवित्तले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएका हुन् ।

चौतारी लघुवित्तले मंसिर २१ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाएको छ । लघुवित्तको गत पुस ९ गते सम्पन्न लघुवित्तको साधारण सभाले १०.८९ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी, निर्धन उत्थानले गत मंसिर २९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा १५.५३ प्रतिशत नगद लाभांश पठाएको जनाएको छ ।

पुस १३ गते सम्पन्न लघुवित्तको २१ औँ वार्षिक साधारण सभाले २५ प्रतिशत बोनस र १५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । गत पुस ११ गते २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले पनि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । फाइनान्सको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।