logo

तीन कम्पनीको साढे ४० करोड रुपैयाँको सेयर किनबेच, झन्डै २ अर्बको कारोबार, १९ अंकले बढ्यो बजार

    1504   पटक पढिएको

४ फागुन / अर्थ र व्यापार - सुरुवातमा निक्कै सुस्त देखिएको सेयर बजारमा आधा दिन पुगेपछि एकाएक चमक फर्किएको छ। सूचक मात्र उक्लिएको छैन, कारोबार रकम पनि झन्डै दुई अर्ब पुगेको छ। 

हिमालयन ड्रिस्ट्रिलरी, शिवम् सिमेन्ट र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार चम्किएपछि समग्र कारोबार रकम एक अर्ब ९७ करोड ८१ लाख रुपैयाँ पुगेको छ। सूद्बक पनि १९ अंकले बढेर १३६३.९७ अंकमा उक्लिएको छ। 
दिनभरीमा १७६ कम्पनीको कारोबार भएकोमा तीन कम्पनीको मात्र ४० करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। तीन साताअघिसम्म उच्च कारोबार हुँदै आएको हिमालयन ड्रिस्ट्रिलरीको बीचमा कारोबार लगभग बन्द जस्तै थियो।

आइतबार भने एकैपटक १८ करोड ४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कम्पनीको सेयर मूल्य १४२९ रुपैयाँ पुगेको छ। यसपछि शिवम्को १३ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ। पछिल्ला केही सातादेखि शिवम्को कारोबारमा निक्कै उत्साह देखिएको छ। नेपाल लाइफको ९ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बजारमा शिवम्, अपी पावर, सूर्या लाइफ, सिभिल बैंकको सेयरको आपूर्ति बढि देखिए पनि सक्रिय लगानीकर्ता हिमालयन ड्रिस्ट्रिलरी, शिवम् सिमेन्ट, सूर्य लाइप र नेपाल लाइफकै लगानीकर्ता थिए। बजारमा माग भने नेपाल बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, मेगा बैंकलगायतका थियो।

फाइनान्स, अन्य र सामूहिक लगानी कोष सूचकबाहेक सबै हरियो भएका छन्। खासगरी जीवन बीमा सूचक ३९८.६९ अंकले उक्लिएको छ भने निर्जीवन बीमा ४१६.७९ अंकले बढेको छ। बैंकिङको बृद्धि भने ५ अंकको मात्र छ। 

बढ्दो बजारबाट राधी विद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स, ङ्गादी ग्रुप पावर, नेपाल हाइड्रो र राष्ट्रिय बीमा कम्पनीका लगानिकर्ताले सर्वा्धिक नौ प्रतिशतमाथि कमाएका छन्। बढि गुमाउनेमा नबिल ब्यालेन्स फण्ड २, सेट्रल फाइनान्स लगायत छन्। आइतबार ११७ कम्पनीले कमाए भने ४४ वटाले गुमाएका छन्। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।