logo

यो साता सेयरबजारमा सामान्य गिरावट

    1489   पटक पढिएको

२७ साउन / अर्थ र व्यापार – यस साता शेयर बजारमा सूचक र कारोबार रकम दुबै घटेको छ । कारोबारमा आएका अधिकाशं उपसूचकमा गिरावट आउँदा नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक घटेको हो । यस साता सूचक पहिलो दिनको तुलनामा ११.५२ अंकले घटेर १६५३.५३ अंकमा ओर्लिएको छ । यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०८ अंकले घटेर ३४७.०३ अंकमा ओर्लिएको छ ।

यस साता नौ समूहको कारोबार भएको थियो । कारोबारमा आएका बित्त, होटल र अन्य बढेका छन् भने ब्यापार समूहमा कुनै फेरबदल भएन । बाँकी सबै उपसूचक घटेको छ । वाणिज्य बैंक १६.९१, विकास बैंक २०.७९, जलबिद्युत २५.६५, बीमा ४.४६ र उत्पादनमुलक १६.२४ अंकले घटेको छ । वित्त ११.३१, होटल १६.५४ अंकले बढेको छ। यस साता शेयर बजारमा १६८ कम्पनीका शेयरहरु खरिद बिक्री भए । ३४ हजार सात सय ७३ कारोबारमा तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरका २१ लाख तीन हजार पाँच सय ८० कित्ता शेयर खरिद बिक्री भएका हुन् ।

कारोबार रकम गत साताको भन्दा २७.३० प्रतिशत कम हो । साताभर बजार घटेको भएपनि गएको एक महिनामा बजार ६५.९६ अंकले बढेको थियो । गएको महिना छोटो समयकालागि नाफा गर्ने उदेश्य राखेर शेयर खरिद गरेका लगानीकर्ताले नाफा बुक गर्न बिक्री चाप बढाउँदा बजार घटेको हो ।

बजारमा तरलता समस्या केही हदसम्म लचक भएकोले आगामी दिनमा बजारमा सुधार हुने संभावना रहेको छ ।  बजारमा आठ अर्बको पूँजी वृद्धि हुँदा थपिएको शेयरलाई बजारले स्वीकार गर्नुले पनि बजारमा यो स्थिती देखिएको हो । बैंक, बीमा, जलविद्युतका शेयर नेप्सेमा लगातार थपिएका छन् र यो अनुपातलाई हेर्ने हो भने बजज्ञछार निक्कै घट्नु पर्थ्यो तर बजारमा थपिएका नयाँ लगानीकर्ता र रकमले बजारलाई स्टेबल बनाउन सहयोग गरेको छ ।

यस साता कारोबार रकमको आधारमा नागरिक लगानी कोषको सबैभन्दा बढी शेयर कारोबार भयो । कारोबार रकमको आधारमा नागरिक लगानी कोषको सबैभन्दा बढी कारोबार भएको छ । यस साता नेप्सेको कारोबर कक्ष नियमित कारोबारकालागि चार दिन खुला भयो ।

यस साता सूचीकरणतर्फ जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंकको बोनस शेयर र हिमालयन पावर पार्टनरको साधारण शेयर नेप्सेको कारोबार कक्षमा सुचिकृत भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।