logo

हल्लाले बढेको बजार एकदिनमै पुरानै गतिमा फर्कियो, ५ अंकले सूचक घटेपनि झण्डै ३८ करोडको कारोबार

    1407   पटक पढिएको

२६ कार्तिक / अर्थ र व्यापार - मंगलबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ५.६१ अंकले घटेर ११३९.९६ अंकमा ओर्लिएको छ । सोमबार बजार दोहोरो अंकले बढेको थियो ।

हालका अर्थमन्त्रीका शेयर बजार प्रतिको अभिव्यक्ति प्रति रुष्ट रहेका लगानीकर्ता मन्त्रिपरिषद् पुनर्गठन हुने हल्लाको पछि लाग्दै हौसिएर कारोबार गर्दा सोमबार सूचकमा १४ अंकको वृद्धि भएको थियो। तर मंगलबार त्यस विषयका खबर सेलाएसँगै बजार पुरानै गतिमा फर्किएको नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए। बजारमा बेला बेलामा चल्ने हल्लाले बजारलाई प्रभावित बनाउने गरेको छ। जसको असर सोमबार बजारमा देखिएको ढकालले बताए।  

मंगलबार कारोबारको सुरुवाती १५ मिनेट बजारले बढ्ने सङ्केत गरेको भएपनी खरिद कर्ताको बलियो उपस्थिति नहुँदा बजार बजारले वृद्धिको बाटो समाउन नसकेको हो। कारोबारको पहिलो १५ मिनेट बजार स्थिर देखिएपनि त्यसपछि भने पुरै कारोबार अबधिभरिनै बजार घट्दो क्रममा रहेको थियो। साढे १२ बजेसम्म तीव्र गतिमा घटेको बजार पौने एक बजेपछि भने थामिएको थियो। तर कारोबारको अन्त सम्मनै बजारले बढ्दो गति भने समाउन सकेन।

पछिल्लो समय सूचीकृत कम्पनीले व्याज धान्न सक्ने प्रतिफल दिएको भएपनी लगानीकर्ताले भने ढुक्कले शेयर कारोबारमा सामेल भएका छैनन्। उनीहरू शेयर बजार प्रति ढुक्क हुन नसक्दा शेयर बजारले गति लिन नसकेको हो । तर केही लगानीकर्ताले घटेको अबसर छोपेर कम मूल्यमा शेयर खरिद आदेश दिन थालेका छन्।

बाध्यात्मक अवस्था रहेका लगानीकर्ताले जति मूल्य पाएपनी शेयर बिक्री गर्न थालेपछि कारोबार रकम भने बढेको एक ब्रोकर कम्पनीका सञ्चालकले बताए । तर यो बजारकालागि राम्रो सङ्केत भने नहुने उनको जिकिर छ । किनकि जतिमा शेयर माग्यो त्यतिमै शेयर पाउने प्रवृत्ति रहनुले घट्ने सङ्केत गर्ने उनको भनाई छ।

बजारमा शेयरको माग बढ्ने तर आपूर्ति कम भयो भने लगानीकर्ताले बढेर शेयर किन्छन्। जसले सूचक र कारोबार दुवै बढाउन टेवा पुर्यारउने उनको दाबी छ। त्यो बढ्दो क्रमको संकेतका रूपमा रहने उनको अनुभव छ ।

मंगलबार १६१ कम्पनीका १० लाख ८२ हजार कित्ता शेयर ३७ करोड ९८ लाख रुपैयाँमा कारोबार भयो। घट्दो बजारमा मागेकै मूल्यमा शेयर पाउन थालेपछि कारोबार रकम बढेको ती ब्रोकरको भनाई छ ।

पछिल्लो समय राम्रो प्रतिफल दिएका कम्पनीको मंगलबार बढी कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी हिमालयन डिस्टिलरीको शेयर कारोबार भयो। उसको मात्रै ६ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

कम्पनीले १०२ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ता उक्त कम्पनीको शेयरमा झुम्मिएका हुन्। कारोबार रकमकै आधारमा एनएमबि बैंकको दोस्रो बढी कारोबार भयो।  उसको ६ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। उसले ३५ प्रतिशत लाभांश घोषणा गरेको छ।  चिलिमे जलविद्युत कम्पनी तेस्रो बढी कारोबार हुने कम्पनी भएको छ।

मंगलबारको कारोबारमा उपसूचक मिश्रित देखिएको छ। उत्पादन मूलक बाहेक सबै उपसूचक घटेका छन्। उत्पादनमूलक सूचक ०.३७ प्रतिशतले बढेको छ। बाँकी रहेका सबै उपसूचक घटेका छन्। सबैभन्दाबढी निर्जीवन बीमा समूहको उप सूचक १.३३ प्रतिशतले घटेको छ ।   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।