logo

हल्लाले बढेको बजार एकदिनमै पुरानै गतिमा फर्कियो, ५ अंकले सूचक घटेपनि झण्डै ३८ करोडको कारोबार

    1146   पटक पढिएको

२६ कार्तिक / अर्थ र व्यापार - मंगलबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ५.६१ अंकले घटेर ११३९.९६ अंकमा ओर्लिएको छ । सोमबार बजार दोहोरो अंकले बढेको थियो ।

हालका अर्थमन्त्रीका शेयर बजार प्रतिको अभिव्यक्ति प्रति रुष्ट रहेका लगानीकर्ता मन्त्रिपरिषद् पुनर्गठन हुने हल्लाको पछि लाग्दै हौसिएर कारोबार गर्दा सोमबार सूचकमा १४ अंकको वृद्धि भएको थियो। तर मंगलबार त्यस विषयका खबर सेलाएसँगै बजार पुरानै गतिमा फर्किएको नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए। बजारमा बेला बेलामा चल्ने हल्लाले बजारलाई प्रभावित बनाउने गरेको छ। जसको असर सोमबार बजारमा देखिएको ढकालले बताए।  

मंगलबार कारोबारको सुरुवाती १५ मिनेट बजारले बढ्ने सङ्केत गरेको भएपनी खरिद कर्ताको बलियो उपस्थिति नहुँदा बजार बजारले वृद्धिको बाटो समाउन नसकेको हो। कारोबारको पहिलो १५ मिनेट बजार स्थिर देखिएपनि त्यसपछि भने पुरै कारोबार अबधिभरिनै बजार घट्दो क्रममा रहेको थियो। साढे १२ बजेसम्म तीव्र गतिमा घटेको बजार पौने एक बजेपछि भने थामिएको थियो। तर कारोबारको अन्त सम्मनै बजारले बढ्दो गति भने समाउन सकेन।

पछिल्लो समय सूचीकृत कम्पनीले व्याज धान्न सक्ने प्रतिफल दिएको भएपनी लगानीकर्ताले भने ढुक्कले शेयर कारोबारमा सामेल भएका छैनन्। उनीहरू शेयर बजार प्रति ढुक्क हुन नसक्दा शेयर बजारले गति लिन नसकेको हो । तर केही लगानीकर्ताले घटेको अबसर छोपेर कम मूल्यमा शेयर खरिद आदेश दिन थालेका छन्।

बाध्यात्मक अवस्था रहेका लगानीकर्ताले जति मूल्य पाएपनी शेयर बिक्री गर्न थालेपछि कारोबार रकम भने बढेको एक ब्रोकर कम्पनीका सञ्चालकले बताए । तर यो बजारकालागि राम्रो सङ्केत भने नहुने उनको जिकिर छ । किनकि जतिमा शेयर माग्यो त्यतिमै शेयर पाउने प्रवृत्ति रहनुले घट्ने सङ्केत गर्ने उनको भनाई छ।

बजारमा शेयरको माग बढ्ने तर आपूर्ति कम भयो भने लगानीकर्ताले बढेर शेयर किन्छन्। जसले सूचक र कारोबार दुवै बढाउन टेवा पुर्यारउने उनको दाबी छ। त्यो बढ्दो क्रमको संकेतका रूपमा रहने उनको अनुभव छ ।

मंगलबार १६१ कम्पनीका १० लाख ८२ हजार कित्ता शेयर ३७ करोड ९८ लाख रुपैयाँमा कारोबार भयो। घट्दो बजारमा मागेकै मूल्यमा शेयर पाउन थालेपछि कारोबार रकम बढेको ती ब्रोकरको भनाई छ ।

पछिल्लो समय राम्रो प्रतिफल दिएका कम्पनीको मंगलबार बढी कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी हिमालयन डिस्टिलरीको शेयर कारोबार भयो। उसको मात्रै ६ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

कम्पनीले १०२ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ता उक्त कम्पनीको शेयरमा झुम्मिएका हुन्। कारोबार रकमकै आधारमा एनएमबि बैंकको दोस्रो बढी कारोबार भयो।  उसको ६ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। उसले ३५ प्रतिशत लाभांश घोषणा गरेको छ।  चिलिमे जलविद्युत कम्पनी तेस्रो बढी कारोबार हुने कम्पनी भएको छ।

मंगलबारको कारोबारमा उपसूचक मिश्रित देखिएको छ। उत्पादन मूलक बाहेक सबै उपसूचक घटेका छन्। उत्पादनमूलक सूचक ०.३७ प्रतिशतले बढेको छ। बाँकी रहेका सबै उपसूचक घटेका छन्। सबैभन्दाबढी निर्जीवन बीमा समूहको उप सूचक १.३३ प्रतिशतले घटेको छ ।   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।