logo

सेयर बजारमा कारोबार रकम खुम्चिन थाल्यो, यी पाँच कम्पनी जसको आपूर्ति बढेको बढ्यै

    1545   पटक पढिएको

२६ माघ / अर्थ र व्यापार -  केही साताबाट अर्बमाथि कारोबार हुँदै आएको बजारमा तरलता अभावको प्रभाव देखिएको छ। आइतबार दिनभरीमा कुल ९५ करोड रुपैयाँको किनबेच भएको छ। 

सेयर बजार झर्न थालेपछि कारोबार रकममा पनि गिरावट देखिन थालेको हो। केही दिनदेखि बजार रातो हुँदै आएको छ। आइतबार बजार सूचक १३.७ अंकले झरेर १३९१.९९ अंकमा ओर्लिएको छ।

उत्पादन तथा प्रशोधन सूचकबाहेक जम्मै रातो हुँदा बजार घटेको हो। खासगरी बीमा र बैंकिङ सूचक  ओरालो लागेपछि समग्र बजार झरेको छ। 

१३५ कम्पनीको सेयर मूल्य झरेको छ भने २९ वटाको बढेको छ। बैंक तथा वित्तीय संस्थाहरुको वासलातको असर पनि बजारमा देखिएको छ। राम्रो गरिरेका बैंकहरुको सेयरको माग छ भने नाफा घटेका संस्थाहरुको आपूर्ति बढी देखिएको छ। 

आइतबार उच्च नाफा गरेका कारण ग्लोबल आइएमइ बैंकको सेयरमा सबैभन्दा बढी लगानीकर्ता सक्रिय थिए। नाफा घटेका कारण नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमा पनि लगानीकर्ता सक्रिय देखिन्थे। 

यद्यपि बजारमा सबैभन्दा बढि आपूर्ति सिभिल बैंकको भएको छ भने दोस्रोमा एनआइसी एसिया तथा ग्लोबल आइएमइ बैकको छ। यसपछि प्रभु बैकको पनि अधिक आपूर्ति भएको छ।

बजार सर्वा्धिक सेयर भने नेको इन्स्योरेन्सको ३ करोड ८८ लाख रुपैयाँको भएको छ। यसपछव ग्लोबल आइएमइको ३ करोड ५३ लाख रुपैयाँ, एनआइसी एसियाको ३ करोड ४२ लाख र कर्मचारी सञ्चय कोषको ३ करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।